News Category 2070/04/22
कोशीमा डुंगा पल्टिदा“ दुईको मृत्यु, दर्जनौं वेपत्ता
दैनिक संवाददाता
राजविराज २१ साउन ।
सप्तकोशी नदीमा सोमवार दिउँसो यात्रुबाहक डुंगा पल्टिदाँ दुई जनाको मृत्यु भएको छ ।
सुनसरीको महेन्द्रनगर स्थित चतरावाट ९० जना यात्रु लिएर उदयपूरतर्फ गइरहेको डुगां सप्तकोशि नदिमा सोमवार दिउसो पल्टदा ३० जना यात्रु वेपत्ता भएका छन् । सुनसरीको चतराबाट उदयपुर मैनाकोथु जाँदै गरेको डुंगा पल्टिएको हो ।
डुगां पल्टदा डुगांमा सवार २ जनाको मृत्यु भएको र वाकि नदिमा पौडिएर वच्च सफल भएको सुनसरीका प्रहरी नायव उपरीक्षक लक्ष्मण गिरीले जानकारी दिनुभयो ।
वेपत्ता हुनेमा अधिकाशं महिला र वालवालिका रहेको प्रहरीको अनुमान रहेको छ । डुगांमा चढ्नेहरुको टिकट काट्ने कुनै प्रचलन कोशि क्षेत्रमा नरहेकाले वेपत्ताहरुको नाम र ठेगाना समेत खुल्न नसकेको उपरीक्षक गिरीले वताउनुभयो ।
उद्धार गरिएकाहरुको उपचारका लागी उदयपुर तर्फ पठाईएको छ भने घटनास्थलमा २ जना महिलाको शव फेला परेको छ ।
सोमवार भएकाले केहि धरान स्थित पिण्डेश्वर बाबाधामवाट जल चढाएर फर्कदै गरेको तिर्थयात्रि समेत भएको अनुमान गरिएको छ । कोशि नदिमा एक घण्टाको डुगांको यात्रा गर्नुपर्ने भएकाले सुनसरी तर्फका प्रहरीलाई उनीहरुको पूर्ण विवरण पाउन समेत समस्या भइरहेको वताइएको छ ।
सुनसरी प्रहरीले वेपत्ताहरुको खोजिका लागी इलाका प्रहरी कार्यालय महेन्द्रनगर, प्रहरी चौकी मधुवन, प्रकाशपुर, कोशि व्यारेज प्रहरी चौकी र इलाका प्रहरी कार्यालय लौकहीलाई समेत परीचालन गरीएको प्रहरी उपरीक्षक गणेश वहादुर थापाले जानकारी दिनुभयो ।
सो दुर्घटनामा अन्य थुप्रै वेपत्ता भएका छन् । डुंगामा करिव ९० जना यात्रु सवार रहेको अनुमान गरिएको छ । वेपत्ता भएकाहरु मध्ये ८ जनाको उद्धार गरिएको छ भने ६ जना अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
- 2083/01/10 १२ दिनदेखी एक यूवक वेपत्ता २० दिनपछि वेपत्ता अर्का यूवक फेला
- 2083/01/10 सरकारी विज्ञापन नीति बिरुद्ध आपत्ति जनाउँदै पत्रकारद्वारा प्रधानमन्त्रीलाई ज्ञापन
- 2083/01/09 भन्सार नीति बिरुद्ध धर्ना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ