News Category 2070/04/23
यथास्थितिमा निर्वाचन भए संबिधान बन्दैन् ः अध्यक्ष पासवान
दैनिक संवाददाता
राजविराज, २२ साउन ।
दलित जनजाती पार्टीका अध्यक्ष बिश्वेन्द्र पासवानले यथास्थितिमा निर्वाचन भए पुनः संबिधान नबन्ने दाबी गर्नु भएको छ ।
दलित जनजाती पार्टी सप्तरीले मंगलबार विहान राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष पासवानले सो कुरा बताउनुभएको हो ।
यथास्थितिमा मंसीर ४ गते निर्वाचन भए पुनः संबिधान निर्माण नहुने ठोकुवा गर्दै अध्यक्ष पासवानले नेताहरु बिदेशीको चाकरीबाज र स्वार्थी भएकाले उनीहरु संबिधान बनाउनै नचाहिरहेका बताउनुभयो ।
चार दलको संयन्त्रले पुराना मानसिकता नत्यागेसम्म नेपालीको भावना अनुसार संविधान नबन्ने जिकिर गर्नुभयो ।
४ सय ९१ अथवा ६ सय १ संख्याको संबिधानसभा निर्वाचन भए त्यसले मुलुकलाई निकास नभई मुलुक बिखण्डन हुने चेतावनी समेत दिनुभयो । उहाँले संबिधानसभामा संबिधान निर्माणको बहस शुरु हुने बितिकै मुलुक टुक्र गर्ने अभियानको थालनी हुने उहाँको धारणा रहेको छ ।
अघिल्लो संबिधानसभामा प्रतिनिधीत्व गरेका सभासद् र दलका नेताहरुलाई अबको निर्वाचनमा भाग लिने कुनै नैतिक आधार नभएको टिप्पणी गर्नुहुँदै अध्यक्ष पासवानले संबिधानसभाबाटै संबिधान बनाउन एक रुपैयाँ पनि खर्च नगर्ने बिद्धानहरुलाई संबिधानसभामा प्रतिनिधीत्व गराउनुपर्ने बताउनुभयो ।
मुलुकमा राजतन्को अन्त्य भएपनि पुनः त्यसलाई ब्युझाने षडयन्त्र सुरु भइसकेको उहाँले बताउनुभयो ।
निर्वाचन बहिष्कारको पक्षमा आफ्नो पार्टी नरहेको बताउनुहुँदै उहाँले निर्वाचनलाई लक्षित गरी पार्टीले भदौ १५ गतेपछि अभियान शुरु गर्ने उल्लेख गर्नुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/02/19 सेना बिपद् प्रतिकार्यका लागि उच्च सतर्क र तयारी अवस्थामा बस्नु पर्छ ः मन्त्री लेखी
- 2082/02/19 लक्ष्मीको हत्या भएको परिवारको दाबी
- 2082/02/19 पूर्वाधार सहितको प्राविधीक र गुणस्तरीय शिक्षा आवश्यक ः मन्त्री सुडी
- 2082/02/19 पविमाबि खेल मैदानमा क्रिकेट खेलाडीका लागि पभेलियन भवन निर्माण हुँदै
- 2082/02/16 मापदण्ड विपरीत सञ्चालनमा रहेका विद्यालयको संख्या एक दर्जन भन्दा बढी
- 2082/02/16 चलचित्र तथा लोकसञ्चार प्रवद्र्धन बोर्डमा लेखी नियुक्त
- 2082/02/16 पैत्रिक सम्पतीबाट दुई कट्ठा जग्गा आश्रमका लागि दान दिएका छु ः मन्त्री लेखी
- 2082/02/16 चार पटकको शिलान्यासपछि राजविराज बसपार्कको उद्घाटन
- 2082/02/16 गणतन्त्रलाई संस्थागत गर्न तीनै तहका सरकार जिम्मेवार बन्नुपर्नेमा जोड
- 2082/02/16 मधेश प्रदेशमा एक दर्जन प्रेस स्वतन्त्रता सेनानी सम्मानित
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ