News Category 2070/04/24
घोषित मितिमै निर्वाचन हुनेमा शंका नगर्न गच्छदारको आग्रह
दैनिक संवाददाता
राजविराज, २३ साउन ।
मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले घोषित मितिमै निर्वाचन हुने भएकाले त्यसमा शंका नगर्न आग्रह गर्नुभएको छ ।
फोरम लोकतान्त्रिक सप्तरी क्षेत्र १ द्वारा सप्तरीको प्रसवनी माविको प्रागंणमा बुधवार आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुँदै अध्यक्ष गच्छदारले मंसीर ४ गतेको घोषित निर्वाचन कुनै पनि हालतमा नसर्ने बताउनुभयो ।
मुलुकको वर्तमान राजनीतिक अन्यौलता छिटै समाधान हुने बिश्वास ब्यक्त गर्नुहुँदै गच्छदारले भन्नुभयो– ‘‘निर्वाचन विपक्षमा रहेका दलहरुसँग नियमित वार्ता र सम्बाद जारी रहेकाले छिटै मुलुकले जारी अन्यौलताबाट मुक्त हुन्छ ।”
निर्वाचनको बिपक्षमा रहेका मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी लगायतका असन्तुष्ट दलहरुलाई समेत निर्वाचनमा ल्याउने प्रयास भईरहेकाले उहाँहरू पनि निर्वाचनमा सहभागि हुने विश्वास समेत व्यक्त गर्नुभयो ।
निर्वाचनको बिकल्प नरहेकोले त्यसबाट कुनै पनि दल पन्छिन नहुने उल्लेख गर्नुहुँदै उहाँले अबको निर्वाचनमा आफ्नो पार्टी मुलुककै तेश्रो ठूलो दल बन्ने दाबी समेत गर्नुभयो ।
सो अवसरमा फोरम लोकतान्त्रिकको महासचिव जितेन्द्र नारायण देवले मधेशी जनताको अधिकारको लागि फोरम लोकतानित्रकले मात्र आवाज उठाउने भएकाले आफ्नो दललाई मतदान गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा बिभिन्न पार्टी परित्याग गरी फोरम लोकतान्त्रिकमा प्रबेश गरेका नेता कार्यकर्ताहरुलाई अबिर लगाएर अध्यक्ष गच्छदारले स्वागत गर्नुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
- 2083/01/10 १२ दिनदेखी एक यूवक वेपत्ता २० दिनपछि वेपत्ता अर्का यूवक फेला
- 2083/01/10 सरकारी विज्ञापन नीति बिरुद्ध आपत्ति जनाउँदै पत्रकारद्वारा प्रधानमन्त्रीलाई ज्ञापन
- 2083/01/09 भन्सार नीति बिरुद्ध धर्ना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ