News Category 2070/04/25
चार दल सिन्डिकेट नभई शक्ति हो ः अध्यक्ष गच्छदार
दैनिक संवाददाता
राजविराज, २४ साउन ।
मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले अरु दलहरुले भने जस्तोे चार दलिय सिन्डिकेट नभएर चार दल शाक्ति भएको बताउनुभएको छ ।
फोरम लोकतान्त्रिक सप्तरीद्वारा बिहीवार राजविराजमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष गच्छदारले चार दल मुलुकको सिन्डिकेट नभएर ठुलो शक्ति भएको बताउनुभयो ।
उच्चस्तरीय राजनीतिक संयन्त्र रहर नभएर बाध्यता रहेको उल्लेख गर्दै उहाँले उच्चस्तरीय राजनीतिक संयन्त्रमा अन्य दलहरुलाई पनि सहभागि गराउने बताउनुभयो ।
मंसिर ४ गते तोकिएको संविधानसभा निर्वाचनका लागि असन्तुष्ट रहेका दलहरुको सम्पुर्ण मागलाई सम्बोधन गर्न नसकिने बताउँदै उहाँले असन्तुष्ट दलहरुले उठाउँदै आएको कतिपय मागहरु निर्वाचनलाई प्रभाबित पार्ने खालका भएकाले सबै माग सम्बोधन हुन नसक्ने बताउनुभयो ।
निर्वाचनको बिपक्षमा रहेका असन्तुष्ट दलहरुलाई समेत निर्वाचनमा ल्याउन आफुहरुले हदै सम्मको लचकता अपनाउन तयार रहेको उहाँले उल्लेख गर्नुभयो ।
असन्तुष्ट दलहरु पनि निर्वाचनमा सहभागि हुने विश्वास ब्यक्त गर्नहुँदै उच्चस्तरीय राजनीतिक समितिका सदस्य समेत रहनु भएका गच्छदारले शुक्रबारसम्ममा असन्तुष्ट दलहरुसँगको वार्ता निष्कर्षमा पुग्ने दाबी गर्नुभयो ।
मंसीर ४ गतेको घोषित निर्वाचन स्वच्छ र निष्पक्ष रुपमा सम्पन्न हुनेमा विश्वस्त रहन सबैसँग आग्रह गर्नुहुँदै उहाँले मुलुक दोश्रो संबिधानसभा निर्वाचनमय बनिसकेकाले यसलाई कसैले रोक्न नसक्ने बताउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/03/22 सैनिक जनशक्ति फिर्ता जाने भएपछि स्थानीय उत्रे आन्दोलनमा
- 2082/03/22 सकियो मेयरकप ब्याडमिन्टन
- 2082/03/22 सडक मै ढाट तेर्साएर चक्काजाम
- 2082/03/19 एमाले सप्तरीमा निकै असन्तुष्टि, मन्त्रीले ल्याएको विकास योजनामा आफ्नै नेताहरुबाट बिरोध
- 2082/03/19 एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सुरुङ्गा नगरपालिकाद्वारा नगदसहित पुरस्कृत
- 2082/03/19 लाखौं मुल्य बराबरको भन्सार छलेका सामानहरु बरामद
- 2082/03/18 भ्रामक समाचार हाल्नेविरुद्ध कानुन अनुसार अघि बढ्ने ः पत्रकार महासंघ सप्तरी
- 2082/03/18 अस्पतालभित्रै महिलामाथि बलात्कारको प्रयास गर्ने पक्राउ
- 2082/03/17 बसको ठक्करबाट बालकको ज्यान गएको बिरोधमा स्थानीयद्वारा सडक अवरुद्ध
- 2082/03/17 आधारभूत पत्रकारिता तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ