News Category 2070/04/25
तिवारीले पुनः आन्दोलन गर्ने
दैनिक संवाददाता
राजविराज, २४ साउन ।
नेपाल सद्भावना पार्टी(गजेन्द्रबादी) का अध्यक्ष बिकास तिवारीले अनिश्चितकालिन भोकहडतालको क्रममा भएको सम्झौता आगामी भदौ १५ गतेसम्म कार्यान्वयन नभए कडा आन्दोलनमा उत्रिने चेतावनी दिनुभएको छ ।
अध्यक्ष तिवारीले बिहीवार प्रेस बिज्ञप्ती जारी भोकहड्तालका क्रममा गत २०७० बैशाख ४ गते उर्जा, विज्ञान तथा वातावरण र सिंचाई मन्त्री उमाकान्त झा र आफु बिच भएको भएको सम्झौता कार्यान्वयन नभएकोले तत्काल कार्यान्वयन गर्न माग गर्नुभएको छ ।
सम्झौता अनुरुप लोकसेवाको कार्यालयहरु मधेशमा समान रुपले खेल्ने र राजविराज–भारदह सडक खण्ड र राजविराज रुपनी सडक खण्डको निर्माण काम शुरु भएपनि राजविराज–सखडाको निर्माण काम शूर नभए तथा विकासीय कार्यालयहरुले विकास कार्यक्रमहरुको खर्च विवरण सार्वजनिक गर्ने सहमति भएपनि अलिेसम्म कार्यान्वयन नभएकोले तत्काल सो सम्झौता कार्यान्वयन गर्न बिज्ञप्तीमा माग गरिएको छ ।
बिज्ञप्तीमा सम्झौता आगामी भदौ १५ गतेसम्म कार्यान्वयन नभए कडा आन्दोलनमा उत्रिने चेतावनी दिनुभएको छ ।
बिभिन्न माग सहित तिवारीले राजविराजस्थित शिब मन्दीर प्राङगामा गत २०६९ चैत्र १५ गतेदेखि २०७० बैशाख ४ गतेसम्म अनिश्चितकालिन भोकहड्ताल बस्नु भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/03/22 सैनिक जनशक्ति फिर्ता जाने भएपछि स्थानीय उत्रे आन्दोलनमा
- 2082/03/22 सकियो मेयरकप ब्याडमिन्टन
- 2082/03/22 सडक मै ढाट तेर्साएर चक्काजाम
- 2082/03/19 एमाले सप्तरीमा निकै असन्तुष्टि, मन्त्रीले ल्याएको विकास योजनामा आफ्नै नेताहरुबाट बिरोध
- 2082/03/19 एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सुरुङ्गा नगरपालिकाद्वारा नगदसहित पुरस्कृत
- 2082/03/19 लाखौं मुल्य बराबरको भन्सार छलेका सामानहरु बरामद
- 2082/03/18 भ्रामक समाचार हाल्नेविरुद्ध कानुन अनुसार अघि बढ्ने ः पत्रकार महासंघ सप्तरी
- 2082/03/18 अस्पतालभित्रै महिलामाथि बलात्कारको प्रयास गर्ने पक्राउ
- 2082/03/17 बसको ठक्करबाट बालकको ज्यान गएको बिरोधमा स्थानीयद्वारा सडक अवरुद्ध
- 2082/03/17 आधारभूत पत्रकारिता तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ