News Category 2070/04/26
सिरहाको सारस्वर गाविसमा दुई पक्षबीच झडप
दैनिक संवाददाता
सिरहा, २५ साउन ।
सिरहाको सारस्वर गाविसमा दुई पक्षबीच शुक्रवार विहानैदेखि तनाव बढेको छ ।
एक पक्षले अर्को पक्षमाथी गरिरहेको आक्रमण रोक्न सुरक्षाकर्मीले दर्जनौं सेल अश्रयु ग्याँस प्रहार गरेपनि स्थिति अझै नियन्त्रणमा आउन नसकेपछि सो गाविसमा ब्यापक रुपमा सुरक्षाकर्मी परिचालन गर्दै शुक्रबार दिउँसो ४ः३० बजेदेखी शनिबार बिहान ६ः३० बजेसम्म कफ्यु जारि गरिएको सिरहा प्रमुख जिल्ला अधिकारी अनिल ठाकुरले जानकारी दिनुभयो ।
गत सोमवार धनुषाबाट सिरहास्थित सारस्वरनाथ महादेवको मन्दिरमा दर्शन गर्न आएका बोलबमका दर्शनार्थीहरुलाई दुव्र्यबहार गरेको भन्दै बिहानैदेखि केही युवा समुहले आक्रमण गर्न थालेपछि तनाब उत्पन्न भएको हो । गत मंगलबार पनि यही निहुँमा आक्रमण हुँदा दुवै पक्षका गरी करिब दुई दर्जन घाइते भएका थिए ।
शुक्रवार विहानैदेखि उक्त महादेवस्थानमा सिराहका विभिन्न गाउँ तथा छिमेकी जिल्ला धनुषाबाट समेत आएका युवाहरुको समुहले आक्रमण गर्न थालेपछि दोहोरो झड्प भएको स्थानियबासीहरुले बताएका छन् ।
युवाहरुको भीडले गाउँलेहरुको घरघरमा प्रवेश गर्ने तोडफोड र आगजनी गरेपछि सो गाउँमा अहिले करिब दुई हजारको हाराहारीमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले घट्ना रोक्ने प्रयास गरिरहेको भएपनि विभिन्न समुहमा गाविसभरी छरिएका युवाहरुका कारण स्थिति नियन्त्रणमा लिन समस्या भएको सिरहाका प्रहरी उपरिक्षक पुर्णचन्द्र जोशीले जानकारी दिनुभयो ।
घट्ना थप बढ्न नदिनका लागि सिराहाको अन्य गाविसहरुमा पनि सुरक्षा व्यवस्था कडा पारिएको सिरहाका प्रमुख जिल्ला अधिकारी ठाकुरले जानकारी दिदै घटनाको छानबिनका लागि सहायक प्रजिअ दुर्गा प्रसाद पौडेलको नेतृत्वमा छानबिन टोली गठन गरिएको बताउनुभयो ।
यसैबीच सिरहाको सारस्वर गाविसमा बढ्ेको तनाब बारे बुझ्न शुक्रवारै पुर्वाञ्चलका क्षेत्रीय प्रशासक शंकर प्रसाद अधिकारी र पुर्वाञ्चल प्रहरी प्रमुख डिआईजी उपेन्द्रकान्त अर्याल घट्नास्थल पुग्नुभएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
- 2083/01/10 १२ दिनदेखी एक यूवक वेपत्ता २० दिनपछि वेपत्ता अर्का यूवक फेला
- 2083/01/10 सरकारी विज्ञापन नीति बिरुद्ध आपत्ति जनाउँदै पत्रकारद्वारा प्रधानमन्त्रीलाई ज्ञापन
- 2083/01/09 भन्सार नीति बिरुद्ध धर्ना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ