News Category 2070/04/26
सिरहाको सारस्वर गाविसमा दुई पक्षबीच झडप
दैनिक संवाददाता
सिरहा, २५ साउन ।
सिरहाको सारस्वर गाविसमा दुई पक्षबीच शुक्रवार विहानैदेखि तनाव बढेको छ ।
एक पक्षले अर्को पक्षमाथी गरिरहेको आक्रमण रोक्न सुरक्षाकर्मीले दर्जनौं सेल अश्रयु ग्याँस प्रहार गरेपनि स्थिति अझै नियन्त्रणमा आउन नसकेपछि सो गाविसमा ब्यापक रुपमा सुरक्षाकर्मी परिचालन गर्दै शुक्रबार दिउँसो ४ः३० बजेदेखी शनिबार बिहान ६ः३० बजेसम्म कफ्यु जारि गरिएको सिरहा प्रमुख जिल्ला अधिकारी अनिल ठाकुरले जानकारी दिनुभयो ।
गत सोमवार धनुषाबाट सिरहास्थित सारस्वरनाथ महादेवको मन्दिरमा दर्शन गर्न आएका बोलबमका दर्शनार्थीहरुलाई दुव्र्यबहार गरेको भन्दै बिहानैदेखि केही युवा समुहले आक्रमण गर्न थालेपछि तनाब उत्पन्न भएको हो । गत मंगलबार पनि यही निहुँमा आक्रमण हुँदा दुवै पक्षका गरी करिब दुई दर्जन घाइते भएका थिए ।
शुक्रवार विहानैदेखि उक्त महादेवस्थानमा सिराहका विभिन्न गाउँ तथा छिमेकी जिल्ला धनुषाबाट समेत आएका युवाहरुको समुहले आक्रमण गर्न थालेपछि दोहोरो झड्प भएको स्थानियबासीहरुले बताएका छन् ।
युवाहरुको भीडले गाउँलेहरुको घरघरमा प्रवेश गर्ने तोडफोड र आगजनी गरेपछि सो गाउँमा अहिले करिब दुई हजारको हाराहारीमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले घट्ना रोक्ने प्रयास गरिरहेको भएपनि विभिन्न समुहमा गाविसभरी छरिएका युवाहरुका कारण स्थिति नियन्त्रणमा लिन समस्या भएको सिरहाका प्रहरी उपरिक्षक पुर्णचन्द्र जोशीले जानकारी दिनुभयो ।
घट्ना थप बढ्न नदिनका लागि सिराहाको अन्य गाविसहरुमा पनि सुरक्षा व्यवस्था कडा पारिएको सिरहाका प्रमुख जिल्ला अधिकारी ठाकुरले जानकारी दिदै घटनाको छानबिनका लागि सहायक प्रजिअ दुर्गा प्रसाद पौडेलको नेतृत्वमा छानबिन टोली गठन गरिएको बताउनुभयो ।
यसैबीच सिरहाको सारस्वर गाविसमा बढ्ेको तनाब बारे बुझ्न शुक्रवारै पुर्वाञ्चलका क्षेत्रीय प्रशासक शंकर प्रसाद अधिकारी र पुर्वाञ्चल प्रहरी प्रमुख डिआईजी उपेन्द्रकान्त अर्याल घट्नास्थल पुग्नुभएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/03/22 सैनिक जनशक्ति फिर्ता जाने भएपछि स्थानीय उत्रे आन्दोलनमा
- 2082/03/22 सकियो मेयरकप ब्याडमिन्टन
- 2082/03/22 सडक मै ढाट तेर्साएर चक्काजाम
- 2082/03/19 एमाले सप्तरीमा निकै असन्तुष्टि, मन्त्रीले ल्याएको विकास योजनामा आफ्नै नेताहरुबाट बिरोध
- 2082/03/19 एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सुरुङ्गा नगरपालिकाद्वारा नगदसहित पुरस्कृत
- 2082/03/19 लाखौं मुल्य बराबरको भन्सार छलेका सामानहरु बरामद
- 2082/03/18 भ्रामक समाचार हाल्नेविरुद्ध कानुन अनुसार अघि बढ्ने ः पत्रकार महासंघ सप्तरी
- 2082/03/18 अस्पतालभित्रै महिलामाथि बलात्कारको प्रयास गर्ने पक्राउ
- 2082/03/17 बसको ठक्करबाट बालकको ज्यान गएको बिरोधमा स्थानीयद्वारा सडक अवरुद्ध
- 2082/03/17 आधारभूत पत्रकारिता तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ