News Category 2070/02/27
राजाको भ्रमणस“गै २०४७ सालको संबिधान पुर्नस्थापनामा जोड्
दैनिक संवाददाता
राजविराज, २६ जेठ ।
मुलुकमा संबिधानसभा मार्फत नयाँ संबिधान बनाउने कुरा जोड्तोडका साथ चलिरहँदा बिक्रम सम्वत् २०४७ सालमा बनेको संबिधान पुर्नस्थापना गर्ने नारा उठाउने प्रयास गरिएको छ ।
पूर्व राजा ज्ञानेन्द्र शाहको सप्तरी भ्रमणसँगै २०४७ सालको संबिधान पुर्नस्थापना गराउने नारा समेत लगाइएको हो । राजाको सप्तरी आगमन हुने पक्का भएसँगै राजाका समर्थकहरुले २०४७ सालको संबिधान पुर्नस्थापनको मागलाई मजबुत बनाउन खोजेका छन् ।
पूर्व राजा आउने प्रचार प्रसारसँगै जिल्लाको बिभिन्न ठाउँमा २०४७ सालको संबिधान व्यूँत्याउने पम्पलेट टाँगिएको छ । पूर्व राजाका समर्थकहरुले राजा पुग्ने निर्धारित ठाउँहरुमा यस सम्बन्धी पर्चाहरु बाँड्ने कामलाई समेत निरन्तरता दिएका छन् । पूर्व राजा समर्थकहरुले २०४६ सालको संबिधान पुर्नस्थापन समिति नै गठन गरेका छन् । उक्त समितिका सह संयोजक किशोरी महतोको नाम समेत रहेको पर्चा, पम्पलेट चौतर्फी टाँसिएको छ भने गाउँघरमा बितरण समेत गरिएको छ ।
उक्त पर्चा पम्पलेटमा पूर्व राजा ज्ञानेन्द्र शाहलाई श्री ५ महाराजधिराज सरकारको जय जय जय भनी सम्बोधन समेत गरिएको छ । दोस्रो जनआन्दोलनले राजाको यो पदवीलाई हटाइएपनि उनका समर्थकहरुले यस्तै किसिमको पदवी दिएका छन् ।
यसैबीच पूर्व राजा ज्ञानेन्द्र शाह आज सप्तरी आउँदै हुनुहुन्छ । सर्वप्रथम शम्भुनाथ गाविसको शम्भुनाथ मन्दिरमा पूजापाठ गर्ने पूर्व राजा त्यसपछि राजविराज आउने र यहाँको राजदेवी मन्दिरमा पूजापाठ गरी केहि बेर बिश्राम पश्चात भारदहको कंकालिनी मन्दिर गएर त्यहाँ पूजापाठ गर्दै, हनुमाननगरेको हनुमान मन्दिर समेत दर्शन गर्दै राजविराजै आउनुहुनेछ । उहाँ आज राजविराजमै बस्ने कार्यक्रम तय गरिएको छ ।
पूर्व राजालाई स्वागत गर्न राजविराजको बिभिन्न ठाउँमा स्वागत द्धार बनाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
- 2083/01/10 १२ दिनदेखी एक यूवक वेपत्ता २० दिनपछि वेपत्ता अर्का यूवक फेला
- 2083/01/10 सरकारी विज्ञापन नीति बिरुद्ध आपत्ति जनाउँदै पत्रकारद्वारा प्रधानमन्त्रीलाई ज्ञापन
- 2083/01/09 भन्सार नीति बिरुद्ध धर्ना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ