News Category 2070/02/27
राजाको भ्रमणस“गै २०४७ सालको संबिधान पुर्नस्थापनामा जोड्
दैनिक संवाददाता
राजविराज, २६ जेठ ।
मुलुकमा संबिधानसभा मार्फत नयाँ संबिधान बनाउने कुरा जोड्तोडका साथ चलिरहँदा बिक्रम सम्वत् २०४७ सालमा बनेको संबिधान पुर्नस्थापना गर्ने नारा उठाउने प्रयास गरिएको छ ।
पूर्व राजा ज्ञानेन्द्र शाहको सप्तरी भ्रमणसँगै २०४७ सालको संबिधान पुर्नस्थापना गराउने नारा समेत लगाइएको हो । राजाको सप्तरी आगमन हुने पक्का भएसँगै राजाका समर्थकहरुले २०४७ सालको संबिधान पुर्नस्थापनको मागलाई मजबुत बनाउन खोजेका छन् ।
पूर्व राजा आउने प्रचार प्रसारसँगै जिल्लाको बिभिन्न ठाउँमा २०४७ सालको संबिधान व्यूँत्याउने पम्पलेट टाँगिएको छ । पूर्व राजाका समर्थकहरुले राजा पुग्ने निर्धारित ठाउँहरुमा यस सम्बन्धी पर्चाहरु बाँड्ने कामलाई समेत निरन्तरता दिएका छन् । पूर्व राजा समर्थकहरुले २०४६ सालको संबिधान पुर्नस्थापन समिति नै गठन गरेका छन् । उक्त समितिका सह संयोजक किशोरी महतोको नाम समेत रहेको पर्चा, पम्पलेट चौतर्फी टाँसिएको छ भने गाउँघरमा बितरण समेत गरिएको छ ।
उक्त पर्चा पम्पलेटमा पूर्व राजा ज्ञानेन्द्र शाहलाई श्री ५ महाराजधिराज सरकारको जय जय जय भनी सम्बोधन समेत गरिएको छ । दोस्रो जनआन्दोलनले राजाको यो पदवीलाई हटाइएपनि उनका समर्थकहरुले यस्तै किसिमको पदवी दिएका छन् ।
यसैबीच पूर्व राजा ज्ञानेन्द्र शाह आज सप्तरी आउँदै हुनुहुन्छ । सर्वप्रथम शम्भुनाथ गाविसको शम्भुनाथ मन्दिरमा पूजापाठ गर्ने पूर्व राजा त्यसपछि राजविराज आउने र यहाँको राजदेवी मन्दिरमा पूजापाठ गरी केहि बेर बिश्राम पश्चात भारदहको कंकालिनी मन्दिर गएर त्यहाँ पूजापाठ गर्दै, हनुमाननगरेको हनुमान मन्दिर समेत दर्शन गर्दै राजविराजै आउनुहुनेछ । उहाँ आज राजविराजमै बस्ने कार्यक्रम तय गरिएको छ ।
पूर्व राजालाई स्वागत गर्न राजविराजको बिभिन्न ठाउँमा स्वागत द्धार बनाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/29 एमाले सप्तरीद्वारा शक्ति प्रदर्शन
- 2082/07/28 लामो समयदेखी प्रअ अनुपस्थित हुँदा विद्यालयको पठनपाठनदेखी अन्य कामकाज समेत प्रभावित
- 2082/07/28 जनताको सम्पत्ति तथा अदालत जलाउनेलाई कानुनी दायरामा ल्याउनुपर्छ ः प्रधानन्यायाधीश
- 2082/07/28 करदाता सेवा कार्यालय नसार्न भन्दै संकलन गरिएको हस्ताक्षर बुझाइयो
- 2082/07/28 कार्यवाहक वडाअध्यक्षको गैरकानुनी सिफारिसका कारण आफूहरु अन्यायमा ः दास दाजुभाई
- 2082/07/27 नेपाल–भारत सीमाका ४ सय ७९ सीमास्तम्भ गायव, कतिपय जिर्ण अवस्थामा
- 2082/07/27 सप्तरीका उद्योगि व्यापारीहरु कालोपट्टी बाधेर कारोबार गर्ने, जिल्ला प्रशासन कार्यालयमा धर्ना बस्ने
- 2082/07/27 मोरङले महिला क्रिकेटको उपाधी हात पा¥यो
- 2082/07/25 चिकित्सकमाथी हातपात गर्नेलाई कारवाही र क्षतिपुर्तीको व्यवस्था मिलाउने प्रतिवद्धतापछी अस्पतालका सबै सेवा सूचारु
- 2082/07/24 गजेन्द्रनारायण सिंह अस्पतालमा नवजात शिशु घाइते प्रकरण, चिकित्सकमाथी हातपात र तोडफोड भएपछी अस्पतालका सेवा ठप्प
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ