News Category 2070/05/01
पर्याप्त वर्षा नभएपछि धानको उत्पादन घट्ने सम्भावना
दैनिक संवाददाता
राजविराज, ३२ साउन ।
सुरुमा बर्षाले साथ दिएपछि यस बर्ष सप्तरीमा ८० प्रतिशत धान रोपाई भएपनि अहिले खेतमा प्रर्याप्त पानी भएकाले धानबाली प्रभाबित भएको छ ।
असारको दोश्रो साता र साउनमा बर्षा भएपनि किसानहरुले खेतीयोग्य जग्गामा धान रोपाई गरेपनि अहिले पानीको आभावमा धानबालीको बृद्धि विकासमा समस्या देखिएको छ ।
रोपाई गरेको धानबालीमा पानीको मात्रा कम भएकाले बालीको जुन किसिमले विकास हुनुपर्नेथ्यो त्यो हुन नसकेको जिल्ला कृषि विकास कार्यालय सप्तरीका प्रमुख अनुपलाल साह बताउनुहुन्छ ।
उहाँ भन्नुहुन्छ–‘‘ बर्षा भएपनि शुरुमा किसानहरुले धान रोपाई गरेपनि अहिले पानी सुकेपछि धानबालीको बृद्धि विकासमा अबरोध पुगेको छ ।” धानबालीको बृद्धि विकासको लागि महत्वपुर्ण समय मानिएको अहिलेको समयमा प्रर्याप्त बर्षा नभएकाले यस बर्षपनि धानको उत्पादनमा कमी आउने प्रमुख साहको भनाई छ ।
सप्तरीको पूर्वी क्षेत्रमा बढी धान रोपाई भएपनि खेतमा पानी नहुदाँ धान सुक्न थालेको छ भने जिल्लाको पश्चिमी भेगमा थोरै मात्र धान रोपाई भएको साह बताउनुहुन्छ ।
रोपाई भएको जग्गा मध्ये कतिपय जग्गमा धान सुक्न थालेका छन् भने कतिपय जग्गामा रोपाई भएको धानबालीमा ग्वारो किराको प्रकोप बढेको छ ।
सप्तरीमा यस बर्ष धान उत्पादनका लागि रहेको ७० हजार हेक्टर क्षेत्रफल जग्गा मध्ये ८० प्रतिशत जग्गामा धान रोपाई भएको जिल्ला कृषि विकास कार्यालय सप्तरीले जनाएको छ ।
गत बर्ष पानीको आभावमा कुल खेतीययोग्य जग्गा मध्ये करिब २५ प्रतिशत जग्गामा मात्र धान रोपाई भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ