News Category 2072/09/02
कडा सुरक्षकाबीच राष्ट्रपति भण्डारीद्वारा जानकी मन्दिरमा पूजा बिरोध प्रदर्शनमा प्रहरीद्वारा दमन आधा दर्जन भारतीय भक्तजनसहित दुई दर्जन घाइते
दैनिक संवाददाता
जनकपुर, १ पुस ।
सदिऔंदेखी जनकपुरस्थित रामजानकी मन्दिरमा हर्षोउल्लासका साथ मनाइदै आएको रामजानकारी विवाह महोत्सवको अवसरमा बुधबार आन्दोलनरत पक्षले राष्ट्रपति विद्यादेवी भण्डारीको बिरोधमा गरेको प्रदर्शनको क्रममा आन्दोलनकारी, श्रद्धालु भक्तजनसहित दुई दर्जन घाइते भएका छन् ।
राष्ट्रपति भण्डारीको बिरोधमा आन्दोलनकारीहरुले गरेको प्रदर्शनमा प्रहरीले दजनौं राउण्ड अश्रुग्यास र हवाई फायर गरे पश्चात् गरेको लाठ्ी चार्जबाट उनीहरु घाइते भएका हुन ।
घाइते हुनेहरुमा कृष्ण कुमार यादव (पर्सा), चमेलिदेवी दास (स.स. फोरम नेपाल), रामजी राय (तमलोपा), राम बिनोद चौधरी (तमलोपा), रामबाबु साह (सद्भावना पार्टी), प्रमोद सरन केवत (जनकपुर ९), बिकाश महतो (पुपरी, बहेरा, बिहार), अलोधिन देवी (भगवानपुर, निर्मली बिहार), रोशन कुमार मिश्रा (धमौरा, महोत्तरी), सहिदा खातुन (जनकपुर १०), बलेश्वोर हाथी (सद्भावना पार्टी), सुनैना देवी (झझरा, मोतिहारी बिहार), लालमणि देवी (लक्ष्मीपुर, मुझफरपुर, बिहार), रामचन्द्र राय (पकही, मुझफ्रपुर, बिहार), सुबेक यादव (मिर्चैया ५, सिरहा), प्रकश झा (घोडघाँस, धनुषा), दिपेन्द्र कुमार कापर (सितापुर मगहा) सन्तोष कुमार चौधरी (सोनौल, महोत्तरी), बिजय कुमार यादव (जनकपुर ८), मो. इमरान ( गोदैता, सर्लाही) लगायत छन् ।
राष्ट्रपति भण्डारी जनकपुर आएपछि बिहानैदेखि जनकपुरमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र सङ्घीय समावेशी मधेसी गठबन्धनका नेता कार्यकर्ताले विरोध प्रदर्शन गरेका थिए । विरोध प्रदर्शन गरेपछि जनकपुरको सुरक्षा व्यवस्था कडा पारिएको थियो । चौकचौकमा नेपाली सेनाको समेत उपस्थिति थियो ।
राष्ट्रपति भण्डारी मन्दिर परिसरबाट निस्कन लाग्दा मोर्चाका कार्यकर्ताले ढुङ्गामुढा गर्ने प्रयत्नसमेत गरेको प्रहरीले जनाएको छ । विभिन्न चौकचौकमा प्रहरीको कडा सुरक्षा रहेपनि मोर्चाका कार्यकर्ताले टायर बालेर विरोध प्रदर्शन गरे । जनकपुरको जानकी मन्दिर, शिव चोक, जनक चोक, भानुचोकसहितका विभिन्न ठाउँमा प्रहरीले अश्रुग्यास, लाठीचार्ज गर्नुका साथै हवाई फायरसमेत गरेको थियो ।
सो क्रममा जानकी मन्दिरमा मेला भर्न आएका श्रद्धालुलाई सो बेला मन्दिर परिसरबाट बाहिर निकालिएको थियो । जनकपुरमा विवाह पञ्चमीका दिन तनाव बढेपछि मेला प्रभावित भएको छ ।
यता राष्ट्रपति भण्डारी प्रहरी, शसस्त्र र नेपाल सेनाको कडा सुरक्षाकाबीच मन्दिरमा पुजा गर्नुभएको थियो । पुजा पश्चात् उहाँले जनकनन्दिनी सीताको विवाह अयोध्याका नरेश दशरथका पुत्र रामसँग भएको स्मरण गर्दै ऐतिहासिक विवाहपञ्चमी महोत्सवमा सहभागी हँुदा आपूm गौरवान्वित भएको बताउनुभयो । हाम्रो सभ्यता र सँस्कृतिको संरक्षण गरी जीवन्तता दिनुपर्नेमा जोड दिँदै राष्ट्रपति भण्डारीले अर्कोबर्ष फेरि आउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
राष्ट्रपति भण्डारी जानकी मन्दिरमा पूजाअर्चना गरी बुधबारै राजधानी फर्किनु भएको छ । उहाँका साथ भूमिसुधार मन्त्री रामकुमार सुब्बा, उपसभामुख गङ्गाप्रसाद यादव, नेपाली काँग्रेसका सांसद किरण यादव प्रधानसेनापति राजेन्द्र क्षत्रीसहित विभिन्न सुरक्षा निकायका प्रमुखसमेत आउनु भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/01 आमा, बुवा र दाजु गुमाएपछि दिदी–बहिनीको जीवन कष्टकर
- 2082/09/01 उज्यालो नेपाल पार्टीले सबै जिल्लामा उम्मेदवारी दिने
- 2082/09/01 पूर्व महाप्रबन्धक मेहता र समाजसेवी यादव काँग्रेसमा प्रवेश
- 2082/09/01 अक्षयकोषवाट बालवालिकालाई छात्रबृति
- 2082/09/01 पाँचौ दिन पनि रिले अनसन जारि
- 2082/08/29 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै विगत चार दिनदेखी राजविराजमा जारि रिले अनसनमा चौथो दिन सोमबार निर्माण व्यवसायी संघ सप्तरीका पदाधिकारी तथा सदस्यहरुले ऐक्यबद्धता जनाउँदै रिले अनसनमा सहभागि । तस्बीर ः राजविराज दैनिक
- 2082/08/29 जसपा नेपालद्वारा बिरोध प्रदर्शन
- 2082/08/29 फरार १३ जना प्रतिवादी पक्राउ
- 2082/08/29 खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु
- 2082/08/29 पठनशैलीको निरन्तरताका लागी पुस्तक प्रर्दशनी महत्वपूर्ण ः कावा मेयर परवीन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ