News Category 2072/09/02
जनकपुर घटनाको बिरोधमा राजविराजमा प्रदर्शन
दैनिक संवाददाता
राजविराज, १ पुस ।
जनकपुरमा बुधबार भएको घटनाको बिरोधमा मधेशी मोर्चा सप्तरीले राजविराजमा राष्ट्रपति, सभामुख र प्रधानमन्त्रीको पुतला दहन गरेको छ ।
जनकपुरमा प्रहरीले गरेको दमन र प्रहरीले सर्वसाधारणहरु माथि गरिएको ज्यादतीको बिरोधमा मोर्चाका नेता तथा कार्यकर्ताहरुले राजविराजमा बिरोध जुलुस प्रदर्शनका साथै राष्ट्रपति विद्या देवी भण्डारी, सभामुख ओनसरी धर्ती मगर र प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला दहन गरेको हो ।
यसअघि मोर्चाका नेताहरुले नगरको विभिन्न स्थानमा टायर बालेर बिरोध प्रदर्शन गरेको थियो । बिरोध प्रदर्शन पश्चात् जनआन्दोलन चौकमा आयोजित बिरोध सभामा सहभागि बक्ताहरुले सदिऔंदेखि जनकपुरमा मनाउँदै आएको विवाहपंचमीमा प्रहरी प्रशासनद्वारा गरिएको दमनको घोर भत्सर्ना गर्दै धार्मिक कार्यक्रममा राज्यले गरेको दमनको भत्र्सना गरेको छ ।
मधेशी मोर्चा सप्तरीका संयोजक कपिलदेव यादवको अध्यक्षतामा आयोजित सो बिरोध सभामा सदभावना पार्टीका केन्द्रिय सदस्य दिपेन्द्र चौधरी, संघिय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य अशोक कुमार यादव, मोर्चाका नगर संयोजक उमेश साह, किसान मंचका महासचिव अमरकान्त झा, मधेशी मोर्चाका क्षेत्रिय संयोजक लक्ष्मण यादव, संघिय महिला फोरमकी गिता यादव, महिला नेतृ रमिला साह, युवा विद्यार्थी मोर्चाका संयोजक शम्भु कुमार यादव, फोरम नेपालका शिवशंकर यादव, युवा विद्यार्थी मोर्चाका सहसंयोजक तारकेश्वर प्रसाद यादव लगायतका बक्ताहरुले मधेशमा जारी आन्दोलन अधिकार प्राप्त नभएसम्म जारी रहने उदघोष गर्दै स्वास्थ्यकर्मीहरुको माग समेत अविलम्व सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/22 चुनावको मुखमा आफूलाई बदनाम गर्न विभिन्न खाले षडयन्त्र रचिदै छ ः उम्मेदवार चौधरी
- 2082/10/22 पाठेघरको मुखको क्यान्सरबाट दैनिक चार महिलाको मृत्यु
- 2082/10/22 पिएम कप प्रदेशस्तरीय छनोटमा सिरहा विजयी
- 2082/10/21 सप्तरीमा सेनासहित ७ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन
- 2082/10/21 कारागारमा प्रतिबन्धित लागुऔषध र मोबाइल फेला
- 2082/10/21 प्रधानमन्त्री कप छनौट प्रतियोगितामा घरेलु टोलीको विजयी सुरुवात
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ