News Category 2072/09/02
मधेस आन्दोलन सफल नभए सम्म आन्दोलन नरोकिने ठाकुरको उद्घोष
दैनिक संवाददाता
राजविराज, १ पुस ।
तराई मधेस लोकतान्त्रिक पार्टीका राष्ट्रिय अध्यक्ष एवं संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता महन्थ ठाकुरले मधेस आन्दोलनलाई सरकारले वेवास्ता गरेको आरोप लगाएका छन् ।
मधेसी पत्रकार समाज पर्साले बुधबार बिहान होटल मकालुमा आयोजना गरेको पत्रकार सम्मेलनमा ठाकुर यस्तो अरोप लगाएका हुन ।
ठाकुरले आफुहरु वार्ता बिरोधी नभएको तर सरकारले सडक र सदन दुवै ठाँउमा आफुहरुलाई वाईपास गरेर जान खोजेकोले यस्तो असहज परिस्थितीमा आफुहरु बार्ताको टेवलमा बस्न नसक्ने बताए । मधेस आन्दोलनाको स्वरुप परिर्वतन बारे तत्काल कुनै निर्णय नभए पनि छिटै मोर्चाका शिर्ष नेताहरु संग छलफल गरेर यस बारे निर्णय लिइने बताए ।
ठाकुरले मधेस आन्दोलनबारे भारतमा बिभिन्न खाले भ्रमहरु फैलाइएको थियो त्यो भ्रम चिर्न मात्र हामी भारत भ्रमणमा गएको बताउदै मधेस आन्दोलन सफल नभए सम्म आन्दोलन स्थगीत गर्ने कल्पना पनि गर्न नसकिने बताए । अहिले मधेसमा खेतीबारी सिजन भएकोले मात्र नाका र आन्दोलनमा जनताको उपस्थिती न्युन देखिएको भन्दै खेतीपातीको काम सकाएर जनता पुनः सडकमा आउने र आन्दोलन चर्काउने बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ