News Category 2070/05/03
निर्वाचन नभएसम्म मधेसी जनताको अधिकार सुनिश्चित हुन सक्दैन ः प्रचण्ड
दैनिक संवाददाता
जनकपुर, २ भदौ ।
एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन नभएसम्म मधेसी जनताको अधिकार सुनिश्चित हुन नसक्ने बताउनुभएको ।
पूर्वी धनुषाको क्षेत्र नं ६ अन्तर्गत बरमझिया गाउँमा आइतबार आयोजित सहिद रामवृक्ष यादव, रामकुमारी यादव र शेखर यादवको स्मृति सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न निर्वाचन आवश्यक रहेको बताउनुभएको छ ।
“सङ्घीयता मधेसी जनताको सबैभन्दा ठूलो आवश्यकता भएकाले यसलाई प्राप्त गर्न संविधानसभाको दोस्रो निर्वाचन सफलतापूर्वक सम्पन्न गरी संविधान निर्माण गर्न जरुरी छ,” अध्यक्ष प्रचण्डले भन्नुभयो – “पहिचानसहितको सङ्घीयताका पक्षमा जनमत सङ्कलन गर्नु नै निर्वाचनमा जानु हो ।”
उहाँले तोकिएको मितिमै चुनाव हुने र नयाँ संविधानका लागि दलहरुबीच पाँच महिनाभित्र सहमति गरिने बताउँदै उहाँले सहमति भएन भने संविधानसभाबाटै मतदान गरी संविधान निर्माण गरिने छ भन्नुभयो ।
छिमेकी मुलुकहरुको भ्रमणको प्रसङ्ग कोट्याउँदै अध्यक्ष प्रचण्डले भन्नुभयो – नेपालको छिटो आर्थिक विकासका लागि चीन सरकारको सहयोग आवश्यक छ । भारत सरकारसँग मेचीदेखि महाकालीसम्म रेलमार्ग र हुलाकी राजमार्गको विकास गरिदिन अनुरोध गरेका छौं ।
मिथिला मधेस राज्य समितिका संयोजक विश्वनाथ साहको सभापतित्वमा भएको सो स्मृति सभामा एमाओवादी नेताहरु गिरीराजमणि पोखरेल, रामचन्द्र झा, रामकुमार यादव, रामकुमार शर्मालगायतका वक्ताहरुले तीनैजना सहिदको योगदानबारे चर्चा गर्नुभएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ