News Category 2072/09/03
स्थानिय प्रशासन र संघर्ष समितिबीच तीन बुँदे सहमति पश्चात् अस्पतालको आन्दोलन स्थगित
दैनिक संवाददाता
राजविराज, २ पुस ।
स्थानिय प्रशासन र संघर्ष समितिबीच तीन बुँदे सहमति भएपछि बिहीबार साँझदेखी विगत २५ दिनदेखी बन्द रहेको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालसहित सप्तरीका सम्पूर्ण स्वास्थ्य संस्थाहरु खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरिक्षक नारायण चिमोरियाको सरुवा भएपछि बिहीबार प्रमुख स्थानिय प्रशासनका तर्फबाट प्रमुख जिल्ला अधिकार नारायण प्रसाद भट्ट र आन्दोलनरत पक्षका तर्फबाट संघर्ष समितिबीच वार्ता भएपछि सो आन्दोलन स्थगित भएको हो ।
पाँच पटकको वार्तापछि क्षेत्रिय प्रशासकको नेतृत्वमा उच्च स्तरिय छानबिन समिति गठन गर्नका लागि अनुरोध गर्ने र घटनामा दोषि देखिनेहरुमाथी कानुन बमोजिम आवश्यक कारवाही गर्ने, घटनामा घाइते भएकाहरुका लागि क्षतिपूर्ति तथा भौतिक क्षति समेत एकिन गरि गृह मन्त्रालयमा क्षतिपूर्ती उपलब्ध गराउन सिफारिस गर्ने र जिल्ला अन्तरगत सम्पूर्ण स्वास्थ्य संस्थाहरु तथा पेशाकर्मीहरुको सुरक्षाको पूर्ण रुपमा सुरक्षाको प्रत्याभूति गराउने सहमति भएको हो ।
अस्पतालका चिकित्सक डा. टेक नारायण मण्डलले सात दिन भित्र अस्पतालको घटना बारे प्रतिवेदन सार्वजनिक गर्ने निर्णय भएपश्चात् आन्दोलन स्थगित भएको जानकारी दिनुभयो ।
गत मंसिर ६ गते राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचलका चिकित्सक तथा कर्मचारीहरुलाई प्रहरीले अस्पताल हातिभित्र कुटपीट गरेको विरोधमा जिल्लाका सम्पूण स्वास्थ्यकर्मीहरु तथा कर्मचारीहरु आन्दोलन गर्दै आएका थिए । संयुक्त संघर्ष समिति सप्तरीले नेपाल प्रहरी र सशस्त्र प्रहरीका एसपीको निलम्बन, शान्ति सुरक्षाको ग्यारेन्टी र घाइतेहरुको उपचार तथा क्षतिपूर्तीको व्यवस्था हुनुपर्ने माग राखी विगत २५ दिनदेखि आन्दोलनरत थिए ।
तर, अस्पतालको इमरजेन्सी सेवा तथा प्रसुती सेवा टेन्टमूनी संचालन भइरहेको छ । घटनाको बिरोधमा औषधी व्यवसायी संघ समेतले दैनिक चार घण्टा औषधी पसल बन्द गरेर एक्यबद्धता जनाउदै आएको थियो ।
सो अवसरमा जिल्लाका बुद्धिजिवी, समाजसेवी, अधिकारकर्मी, संचारकर्मी, स्वास्थ्यकर्मी, पेशाकर्मी, चिकित्सक लगायतको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/18 नेपालकै पहिलो टाउन प्लानिङ राजविराज नगरपालिका , दशकौदेखी बसोवास गर्दै आएका नगरवासीले लालपूर्जा माग्दै प्रदर्शन पश्चात् गरे पालिकामा तालाबन्दी
- 2083/02/18 हरचवाचरवाद्वारा सप्तरीसहित मधेशका ८ वटै जिल्लामा एकै साथ मागपत्र पेश
- 2083/02/18 बारा १० विकेटले बिजयी
- 2083/02/14 थोरै लगानीमा बढी आम्दानी दिने “सनपात” खेती संकटमा
- 2083/02/14 ...अनि श्रीमतीसँग माफी मागें
- 2083/02/14 महिला टी–ट्वान्टी छनोट क्रिकेट प्रतियोगितामा सिरहा र धनुषा बिजयी
- 2083/02/13 अनिताको हत्या आरोपमा छिमेकी पक्राउ
- 2083/02/13 ‘ज्येष्ठ नागरिक’ शब्द कायम गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन
- 2083/02/13 वर्तमान अवस्थामा पत्रकारिता पेशा अत्यन्त नाजुक ः वक्ताहरु
- 2083/02/13 बाढीबाट हुने क्षति रोक्न सुझाव संकलन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ