News Category 2072/09/03
आगलागिमा तीन लाखको क्षति
दैनिक संवाददाता
राजविराज, २ पुस ।
सप्तरीको रायपुर गाविस ८ रुपनीमा बुधबारराति आगलागी हँुदा करिब रु तीन लाख बराबरको क्षति भएको छ ।
रायपुर गाविस–८ निवासी घनश्याम यादवको साना किसान कृषि सहकारी संस्था लि.रुपनीमा रहेको कार्यालयको क्वाटरमा कोही नभएको अवस्थामा अचानक आगलागी हुँदा घर पूर्णरुपमा जलेर नष्ट भएको ईलाका प्रहरी कार्यालय रुपनीले जनाएको छ ।
आगलागीबाट घरमा रहेको खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा, कम्प्युटर एक थान, नगद तथा गरगहना गरी करिब रु तीन लाख भन्दा बढीको क्षति भएको पीडित यादवले जानकारी दिनुभयो । कार्यालय भवनको क्वाटरमा ब्यक्तिगत रिसिभिका कारणले कसैले आगलागी गराएको यादवको आरोप रहेको छ । आगलागी स्थानीयबासी र प्रहरीको सहयोगमा नियन्त्रणमा लिएको थियो ।
त्यसैगरी जिल्लाको बभनगामाकट्टी गाविस –३ तोपामा स्थानीयवासी कल्याण यादवको परालको कुन्यू आगलागीमा जलेर नष्ट हुँदा करिब पचास हजारको क्षति भएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/18 नेपालकै पहिलो टाउन प्लानिङ राजविराज नगरपालिका , दशकौदेखी बसोवास गर्दै आएका नगरवासीले लालपूर्जा माग्दै प्रदर्शन पश्चात् गरे पालिकामा तालाबन्दी
- 2083/02/18 हरचवाचरवाद्वारा सप्तरीसहित मधेशका ८ वटै जिल्लामा एकै साथ मागपत्र पेश
- 2083/02/18 बारा १० विकेटले बिजयी
- 2083/02/14 थोरै लगानीमा बढी आम्दानी दिने “सनपात” खेती संकटमा
- 2083/02/14 ...अनि श्रीमतीसँग माफी मागें
- 2083/02/14 महिला टी–ट्वान्टी छनोट क्रिकेट प्रतियोगितामा सिरहा र धनुषा बिजयी
- 2083/02/13 अनिताको हत्या आरोपमा छिमेकी पक्राउ
- 2083/02/13 ‘ज्येष्ठ नागरिक’ शब्द कायम गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन
- 2083/02/13 वर्तमान अवस्थामा पत्रकारिता पेशा अत्यन्त नाजुक ः वक्ताहरु
- 2083/02/13 बाढीबाट हुने क्षति रोक्न सुझाव संकलन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ