News Category 2072/09/04

सरकारसँग वार्ताको औचित्य समाप्त, अबको वार्ता मधेशमै ः मोर्चा मन्त्रीदेखी सांसदसम्मको कार्यक्रम अवरुद्ध गर्ने निर्णय सार्वजनिक

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, ३ पुस । 
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको शुक्रबार सम्पन्न बैठकले सरकारसँग अहिलेसम्म औपचारिक अथवा अनौपचारिक वार्ताको १५ भन्दा बढी पटकसम्म वार्ता गरिसकेको तर, वार्ता परिणाममुखी हुन नसकेको भन्दै विभिन्न आन्दोलनका थप कार्यक्रमहरु सार्वजनिक गरेको छ ।  कार्यक्रम सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले अबको वार्ता काठमाडौंमा नभएर मधेशमै हुने उद्घोष समेत गर्नुभयो । 
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्ण र तराई मधेश सद्भावना पार्टी नेपालका वरिष्ठ नेता राम नरेश रायद्वारा जाबरि विज्ञप्तिमा सरकार र शासक पक्षको हलुकापनले निष्कर्षको सम्भावना क्षिण भई वार्ताको औचित्य समाप्त भईसकेको जनाइएको छ । 
मोेर्चाका एक घटक तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरको अध्यक्षतामा शुक्रबार सम्पन्न मोर्चाको बैठकले मधेश आन्दोलन विरुद्ध मधेशमा हुने मन्त्री, सांसदहरु लगायतको सबै सरकारी वा सरकार समर्पित कार्यक्रमहरुलाई अवरुद्ध गर्नुका साथै जनप्रतिरोध गर्ने लगायतका आन्दोलनका कार्यक्रमहरु गर्ने निर्णय गरिएको छ ।  
सम्पन्न बैठकले पुस ५ गते आईतबार जिल्लाको सदरमुकाममा भेला भई जनतालाई भ्रमित गर्न नेपाली काँग्रेस र सरकारले संयुक्त रुपमा संसदमा ल्याएको संविधान संशोधन सम्बन्धि बिधेयकको प्रति जलाउने, पुस ७ गते मंगलबार नगर, गाविसको चौक बजारमा भेला भई जनतालाई भ्रमित गर्न नेपाली काग्रेस र सरकारले संयुक्त रुपमा संसदमा ल्याएको संविधान संशोधन सम्बन्धि बिधेयकको प्रति जलाउने निर्णहरु गरेको छ । 
त्यस्तै पुस ९ गते बिहिबार जिल्लाको सदरमुकाममा विरोध स्वरुप मशाल जुलुस प्रदर्शन गर्ने, पुस ११ गते शनिबार जिल्लाको सदरमुकाममा भेला भई बिशाल विरोध प्रदर्शन र सभा गर्ने तथा पुस १५ गते बुधबार जिल्लाको सदरमुकाममा भेला भई विरोध स्वरुप लाठी जुलुस प्रदर्शन गर्ने र आन्दोलनलाई राष्ट्रव्यापी स्वरुप प्रदान गर्न आन्दोलनरत दलहरु, संगठन र संस्थाहरु लगायतसँगको कार्यगत एकतालाई अगाडी बढाईने जस्ता आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको छ ।  
विज्ञप्तिमा संघियता भनेको केन्द्रमा साझा राज्य तथा प्रदेशहरुमा स्वायत्त राज्यको अबधारणा रहेको जनाउँदै त्यसैका लागि पहिचान सहितको संघियता, जातीय समानता, राज्यका अंगहरु लगायतका सबै क्षेत्रमा समानुपातिक समावेशी प्रतिनिधि र सहभागिता तथा आप्mनो क्षेत्रमा स्वाशासनको नैसगिंक अधिकारको माग गरेकोले यसका लागि १२६ औं दिनसम्म पनि मधेशी जनताको संघर्ष जारी रहेको तथा सरकारद्वारा गरिएको निर्मम दमन र नृशसं हत्या भई ५५ जनाले शहादत प्राप्त गरिसकेको अवस्थामा पनि आम हडताल, शान्तिपुर्ण प्रदर्शन, धर्ना, सत्याग्रह लगायत विरोधका कार्यक्रमहरु जारी रहदाँ पनि राज्यका संचालकहरुको वर्चस्ववादी सोच र एकल समुदायमा आधारित अन्धराष्ट्रवादी मानसिकतामा परिवर्तन नआएको उल्लेख गरिएको छ । 
त्यस्तै सरकारको नेतृत्वमा रहेकाहरुबाट मधेशी, थारु, आदिवासी, जनजाती, मुस्लिम, दलित लगायत सिमान्तकृत जनताप्रति अपमानजनक अभिब्यक्ति दिने क्रम नरोकिएको जनाइएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट