News Category 2070/05/03
गाविस कर्मचारीहरु आन्दोलनमा
दैनिक संवाददाता
राजविराज, २ भदौं ।
गाविस कर्मचारी संघ नेपाल सप्तरीले गाउँ विकास समितिमा कार्यरत कर्मचारीहरुलाई राज्य कोषबाट तलब भत्ता उपलब्ध गराउनुपर्ने लगायतका माग अघि सार्दै आन्दोलनको घोषणा गरेको छ ।
गाविस कर्मचारी संघ नेपाल सप्तरीले आइतबार विहान राजविराजमा पत्रकार सम्मेलन गरी तीन सुत्रिय माग अघि सार्दै आन्दोलनको घोषणा गरेको हो ।
पत्रकार सम्मेलनमा गाविस कर्मचारी संघ सप्तरीका अध्यक्ष परशुराम यादवले गाविस कार्यालयमा कार्यरत कर्मचारीहरुको समस्या प्रति सरकार गम्भीर नभएकाले आन्दोलनमा उत्रिन बाध्य भएको बताउनुभयो ।
उहाँले राज्य कोषबाट तलब भत्ता उपलब्ध गराउनुपर्ने, स्थानिय निकाय सेवा आयोगको गठन गर्नुपर्ने र गाविस कर्मचारीहरुको क्षमता बिकासका लागि क्षमता अभिबृद्धि कार्यक्रम सञ्चालन गर्नुपर्ने माग सहित भदौ १० गतेदेखि आन्दोलनमा जान लागेको बताउनुभयो ।
आन्दोलनको कार्यक्रम अन्तर्गत भदौ १० गतेदेखि भदौ १५ गतेसम्म देनिक १ घण्टाका दरले बढाउँदै कालो पट्टी बाधेर काम गर्ने र भदौ १६ गतेदेखि सम्पुर्ण गाविसको कामकाज ठप्प पार्दै जिल्ला विकास समिति अगाडी अनिश्चितकालिन धर्ना बस्ने निर्णय गरेको अध्यक्ष यादवले बताउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ