News Category 2072/09/06
युवा बिद्यार्थी मोर्चाद्वारा बिभिन्न क्याम्पसमा संगठन बिस्तार
दैनिक संवाददाता
राजविराज, ५ पुस ।
मधेश आन्दोलनलाई सशतm र प्रभावकारी बनाउनका लागी युवा बिद्यार्थीे मोर्चा सप्तरीले निरर्धारित कार्यक्रम अन्तर्गत राजबिराजका दुईवटा उच्च.मा.बि मा संगठन निमार्ण गरेको छ ।
जनजागरण अभियानका लागी मोर्चाको कार्य बिभाजन अनुसार टोली नं १ को अगुवाई अशोक यादब, र शंभु यादब सहितका नेता र टोली नं २ मा किशोर कुमार यादब, तथा तारकेश्वर यादबको अगुवाई मा मोडेल क्याम्पस र मिसन कलेजमा मोर्चाको संगठन बिस्तार गरेको हो । आईतवार बिहान मोडेल उच्च.मा.बि क्याम्पसमा मोर्चाका संयोजक शंभु कुमार यादबको अध्यक्षतामा तथा संघिय समाजवादी फोरमका केन्द्रिय सदस्य तथा बिद्यार्थी फोरम केन्द्रिय ईन्चार्ज अशोक यादबको प्रमुख आतिथ्यमा तथा युवा फ्रन्टका फणिकान्त झाको उपस्थितिमा बिद्यार्थीहरुको बृहत अन्तरक्रियावाट २१ सदस्यीय मोडेल क्याम्पस ईकाई कमिटि गठन गरिएको छ ।
सो बृहत बैठकवाट गठित कमिटिको उपाध्यक्षमा बिकास यादब, सचिवमा दानिष कर्ण, सहसचिवमा पवन दास र कोषाध्यक्षमा काजल राउतलाई चयन गरिएको छ ।
यसैगरी सदस्यहरुमा सिता साह, पुजा साह, अभिषेक साह, लोकेन्द्र रजक, पायल दास, केशव साह, महेश साह, मो. असलम, पंकज दास, अनवारु अनसारी, लक्ष्मी चौधरी, जयराम दास, सम्झना चौधरी, रिना बिक, अणु साह र अजिम अंसारीलाई चयन गरिएको युवा बिद्यार्थी मोर्चाका प्रेस संयोजक चन्दनकुमार यादबले बताउनुभयो ।
यसैगरी मोर्चाका टोली नं २ ले राजबिराज स्थित मिसन कलेजमा पनि आई .एड, आईएस्सी, आई.कम, लगायतका बिभिन्न तहहरुमा प्रत्येक कक्षामा ईकाई कमिटी गठन गरिएको छ ।
संयुतm मधेशी युवा बिद्यार्थी मोर्चा सप्तरीका सह संयोजक तारकेश्वर यादबको अध्यक्षतामा तथा बिद्यार्थी मंचका अध्यक्ष किसोर कुमार यादब र नेपाल सदभावना पार्टी (गजेन्द्रवादी का अध्यक्ष बिकास तिवारी को उपस्थितीमा ईकाई कमिटी गठन गरिएको छ ।
सो अवसरमा मोर्चाका नेता बिकास तिवारीले मधेश आन्दोलनको वारेमा जानकारी गराउदै तिवाडीले भने मधेशी, जनजाती, थारुको अवको आन्दोलन अझै सशतm गर्न र सरकार लाई अन्तिम धक्का दिन युवा बिद्यार्थीको महत्वपुर्ण भुमिका रहेकोले अबको आन्दोलनलाई निर्णायक बनाउन बिद्यार्थाीहरुलाई निर्धक भएर आन्दोलन सहभागी हुन अपिल गरेका छन ।
उतm क्याम्पसमामा कक्षागत युवा बिद्यार्थी मोर्चाको ईकाई गठन गरिएको छ । गठित बिज्ञान संकायको ११ कक्षामा रोसन यादब, १२ कक्षाको सेक्सन (ए) मा निभा देब, १२ (बि) मा संजय यादब, (सि) मा दुर्गान्द यादब, ११ का अध्यक्षमा शैलेन्द्र मण्डल, आईएड ११ मा प्रियंका यादब, १२ का अध्यक्षमा रामकुमार मण्डल, ब्यवस्थापन तर्फ ११ को अध्यक्षम राजन दास १२ का अध्यक्ष ईन्द्रनारायण मण्डल लगायत ५१ सदस्यीय बिभिन्न संकायका कक्षामा मोर्चाको ईकाई कमिटि गठन गरिएको प्रेस संयोजक यादवले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/07 निर्वाचन आचारसंहिता पालना गर्न प्रेस काउन्सिलको आग्रह
- 2082/11/07 नेजपाको फरक शैलीमा चुनावी अभियान
- 2082/11/07 प्रजातन्त्र दिवसमा प्रभातफेरी
- 2082/11/06 मधेसले सिङ्गो देशलाई पाल्ने तागत बोक्न सक्ने बनाउने काँग्रेस सभापति थापाको प्रतिज्ञा
- 2082/11/06 आचारसंहिताको पालना गर्नुपर्नेमा जोड
- 2082/11/06 चारलाख भन्दा बढीको सामान भन्सार बुझाईयो
- 2082/11/05 क्षेत्र नं. ३ मा विभिन्न पार्टी र स्वतन्त्र गरी २२ उम्मेदवार चुनावी प्रतिस्पर्धामा
- 2082/11/05 एमाले परित्याग गरेका पूर्वमन्त्री देव नेपाली काँग्रेसमा प्रवेश
- 2082/11/05 आम जनता पार्टीका उम्मेदवार दासले जनाधिकार पार्टीलाई दिए समर्थन
- 2082/11/05 निर्वाचन लक्षित सुरक्षामा खटिए नेपाली सेना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ