News Category 2072/09/07
प्रशिद्ध कलाकार जिबछ दासद्वारा राजविराजमा काग भेला
दैनिक संवाददाता
राजविराज, ६ पुस ।
मधेशमा जारी आन्दोलन साढे चार महिनादेखि बढी समय भईसक्दा पनि मधेशको माग सम्बोधन नभएको भन्दै मिथिलाञ्चलका प्रसिद्ध कलाकार जीबछ दासले सोमबारराजविराजमा ब्यङ्ग स्वरुप काग भेला गरेका छन् ।
राजविराजस्थित जनआन्दोलन चौकमा आयोजित काग भेलामा कलाकार दासले मधेश आन्दोलनको माग सम्बोधन गर्नेतर्फ सरकारको कानसम्म सन्देश जाऔस भन्ने उद्देश्यले काग भेला गरेका जानकारी दिए । सो काग भेलामा सय भन्दा बढी कागहरुको भेला भएको उनले दाबी गरे ।
मधेशी मोर्चा सप्तरीको आयोजनामा मोर्चाका नगर संयोजक उमेश कुमार यादवको अध्यक्षतामा आयोजित सो काग भेलामा तमलोपाका केन्द्रिय सदस्यद्वय जय प्रकाश ठाकुर, साधना झा, मधेशी मोर्चाका संयोजक कपिदेव यादव, विद्यार्थी मंचका केन्द्रिय अध्यक्ष किशोर कुमार यादव, संघिय समाजवादी फोरम नेपालका युवा नेता केदार प्रसाद यादव लगायत संचारकर्मीहरुको समेत उपस्थितिरहेको थियो ।
स्मरणरहोस, यसअघि कलाकार दासले २०६८ साल जेष्ठ १५ गते पनि संविधान जारी गर्न नसक्दा ६ सय १ वटा काग बोलाई संविधान बनाउने जिम्मा कागलाई दिने ब्यङ्ग समेत गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
- 2083/01/10 १२ दिनदेखी एक यूवक वेपत्ता २० दिनपछि वेपत्ता अर्का यूवक फेला
- 2083/01/10 सरकारी विज्ञापन नीति बिरुद्ध आपत्ति जनाउँदै पत्रकारद्वारा प्रधानमन्त्रीलाई ज्ञापन
- 2083/01/09 भन्सार नीति बिरुद्ध धर्ना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ