News Category 2070/05/04
क्याम्पसको शैक्षिक गुणस्तर घट्दै गएको प्रति चिन्ता
दैनिक संवाददाता
राजविराज, ३ भदौ ।
राजविराजस्थित महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पसले आफ्नो ५७ औ स्थापना दिवस भव्यता पुर्वक मनाएको छ ।
क्याम्पसको हलमा सम्पन्न स्थापना दिवस समारोह कार्यक्रममा बक्ताहरुले क्याम्पसको शैक्षिक गुणस्तरीयता घट्दै गएको प्रति चिन्ता ब्यक्त गरेका छन् ।
क्याम्पस प्रमुख चिरञ्जीवीलाल देवको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि क्याम्पसको दाता परिवारका सदस्य अभिषेक कुमार यादवले क्याम्पसको शैक्षिक वातावरणमा सुधार ल्याउन सबै पक्ष गम्भीर हुनुपर्ने वताउनुभयो ।
कार्यक्रममा त्रिबि प्राध्यापक संघ मविव क्याम्पस ईकाइका सचिव रामअशिष यादवले क्याम्पस प्रशासनले मनोमानी ढंगबाट प्राध्यापक हटाउने र राख्ने श्रृंखला शुरु गरेकाले शैक्षिक वातावरण बिग्रिएको आरोप लगाउँदै क्याम्पसमा भएको आर्थिक अनियमितताको छानविन गर्नुपर्ने माग गर्नुभयो ।
उहाँले क्याम्पसको अक्षय कोषमा रहेको रकम अनियमितता भएको र प्रशासनिक भवन निर्माणका लागि आएको रकमको पनि कुनै अतोपतो नरहेकोले अनियमितता भएको हुन सक्ने बताउनुभयो ।
कार्यक्रममा पुर्व क्याम्पस प्रमुख देवीदत्त साहले आफ्नो पालामा क्याम्पस अक्षय कोषमा भएको रकमको कुनै अत्तोपत्तो नरहेको र क्याम्पसको प्रतिबेदनमा समेत उल्लेख नभएकाले तत्काल छानविन गर्न माग गर्नुभयो ।
कार्यक्रममा पुर्व क्याम्पस प्रमुखहरु अमरकान्त झा, डा.सुनिल कुमार झा, प्राध्यापक अबधकिशोर सिंह लगायतले बोल्नुभएको थियो । सो अवसरमा बिभिन्न संकायमा उत्कृष्ट अंक ल्याउने छात्रछात्राहरुलाई पुरस्कृत गरिएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
- 2083/01/10 १२ दिनदेखी एक यूवक वेपत्ता २० दिनपछि वेपत्ता अर्का यूवक फेला
- 2083/01/10 सरकारी विज्ञापन नीति बिरुद्ध आपत्ति जनाउँदै पत्रकारद्वारा प्रधानमन्त्रीलाई ज्ञापन
- 2083/01/09 भन्सार नीति बिरुद्ध धर्ना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ