News Category 2070/05/04
कटुवा पेस्तोल सहित एक पक्राउ
दैनिक संवाददाता
राजविराज, ३ भदौं ।
प्रहरीको गस्ती टोलीले सोमबार साँझ चेकजाँच गर्ने क्रममा पुर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको भारदहबाट हतियारसहित एक युवकलाई पक्राउ गरेको छ ।
सशस्त्र प्रहरी बेश क्याम्प भारदहबाट खटिएको टोलीले चेकजाँच गर्ने क्रममा सप्तरीको रुपनगर गाविस ७ निवासी २२ बर्षीय अर्जुन बस्नेतलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
स. १ प ३६५४ नम्बरको मोटरसाईकलमा सवार धरमपुर गाविस २ निवासी २५ बर्षीय दिनेश विश्वकर्मा र अर्जुन बस्नेत मध्ये बस्नेतको साथवाट एक नाल कटुवा पेस्तोल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । पक्राउ परेकामाथि आवश्यक अनुसन्धान भईरहेको छ ।
यसअघि गत शनिवार प्रहरीको गस्ती टोलीले सप्तरीको पातोबाट हतियार सहित औरही गाविस ४ का मो. अफताब मियाँ र गत बिहीवार सप्तरीको रम्पुरा मल्हनियाँबाट हतियारसहित एक भारतीय युवकलाई पक्राउ गरेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/03 सप्तरीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना
- 2082/10/03 सप्तरीको समग्र विकासका लागि पहल भइरहेको छ ः मन्त्री गुप्ता
- 2082/10/03 सप्तरीमा निर्वाचन प्रहरीका लागि झण्डै दोब्बर आवेदन
- 2082/10/03 छुट्टाछुट्टै स्थानमा आगलागि हुँदा दश लाख मूल्य बराबरको क्षति
- 2082/10/01 मकर संक्रान्तिमा श्रीराम खिचडी प्रसाद र न्यानो कपडा वितरण
- 2082/10/01 योग दिवस मनाइयो
- 2082/10/01 मार्बल बोकेको ट्रक पल्टिँदा पाँच जनाको मृत्यु, तीन घाइते
- 2082/10/01 निर्वाचन प्रहरीका लागि ६ दिनमा ५ हजार ८ सय ३३ जनाको आवेदन
- 2082/09/30 निर्वाचनका लागि देशमा माहौल बनिसकेको छ ः गृहमन्त्री अर्याल
- 2082/09/30 डा. सन्तोष नेपाली जनता पार्टीमा प्रवेश
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ