News Category 2070/05/05
विद्यार्थी सहुलियत नदिएको भन्दै दुई माइक्रोमा तोडफोड, तीन घाइते, दुई पक्राउ
दैनिक संवाददाता
राजविराज ४ भदौं ।
सहमति अनुसार माइक्रो बसमा छुट उपलब्ध नगराएको भन्दै बिभिन्न आठ बिद्यार्थी संगठनका विद्यार्थीहरुले मंगलबार राजविराजबाट बिराटनगरसम्म चल्ने दुईवटा माइक्रोमा तोडफोड गरेका छन् ।
मंगलबार बिहान ६ः३० बजे को.१ज.११६५ नम्बरको माइक्रोलाई राजविराजस्थित कुनौली मोडमा गुडिरहेको अवस्थामा ढुङ्गा हानी तोडफेड गरेका हुन् । ढुङ्गा लागि तीन जना यात्रु समेत घाइते भएका छन् । घाइते हुनेहरुमा प्रभुनारायण यादव, शिवशंकर मण्डल र राधा रहेका छन् ।
घाइते तीनै जनाको राजविराजस्थित गजेन्द्रनारायण सिंह अंचल अस्पतालमा उपचार भइरहेको छ ।
यता ढुङ्गा हान्ने एक विद्र्यीलाई स्थानीयवासी तथा माइक्रोका कर्मचारीहरुले कुटपिट गरि घाइते बनाएका छन् भने अन्य दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेहरमा रामचन्द्र यादव र दिलिप यादव रहेका छन् भने कुटपिटबाट घाइते भएका विद्यार्थी त्यहाबाट भागेको स्थानीयवासीले जनाएका छन् ।
यता मंगलबारै बिहान ९ बजे राजविराजबाट बिराटनगरतर्फ जाँदै गरेको नाम खुल्न नसकेको एक माइक्रोमाथी राजविराज हनुमाननगर सडक खण्ड अन्तरगत मंसापुरमा विद्यार्थीहरुले ढुङ्गा प्रहार गरेका छन् ।
बिभिन्न बिद्यार्थी संगठनहरुले राजविराजबाट बिराटनगरसम्म चल्ने माइक्रोमा ४५ प्रतिशत विद्यार्थी सहुलियत पाउनु पर्ने माग सहित तीन दिनदेखी माइक्रो काउन्टरमा तालाबन्दी गरेका छन् ।
माइक्रो काउन्टरको तालाबनद्यी मंगलबार बिहान माइक्रो संचालक र प्रशासनले तोडेर गाडी संचालन गरेपछि विद्यार्थी तोडफोडमा उत्रिएका हुन् ।
यसैबीच मंगलबार साँझ दुई÷तीन जनाको विद्यार्थीहरुले मसाल जुलुस प्रदर्शन गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/05/30 प्रमुख प्रशासकीय अधिकृत अनुभवी नरहेको भन्दै कावा नगरप्रमुखले मन्त्रालयलाई लेखे पत्र
- 2082/05/30 फोहर व्यवस्थापनका लागि नगरपालिकाले विशेष सरसफाई अभियान चलाउने
- 2082/05/30 डिभाईडरमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
- 2082/05/29 राजविराज नगरपालिका कार्यालयमा ३० करोड भन्दा बढीको क्षति, ११ लाख नगदसहित तीस वटा सवारीसाधन जलेर नष्ट
- 2082/05/29 कारागार क्षेत्रमा कफ्र्यु आदेश
- 2082/05/29 राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा प्रवाह स्थगन
- 2082/05/27 आन्दोलनका क्रममा चोरी तथा लुटपाट गरेर लगेका सम्पत्ति सात दिन भित्र बुझाउन प्रशासनको चेतावनी
- 2082/05/27 थप १५ जना कैदीबन्दी पक्राउ, एक कैदी मृत फेला
- 2082/05/26 स्थानीय प्रशासनले कफ्र्यु खुकुलो पारेपछि किनमेल गर्दै सर्वसाधारण
- 2082/05/26 फरार ४२ जना कैदीबन्दी पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ