News Category 2072/12/25
स्थानियलाई चर्पी बनाउन दवाब दिने निकायमै चर्पी छैन
दैनिक समाचारदाता
राजविराज, २४ चैत ।
सन् २०१६ सम्ममा सप्तरीलाई खुल्ला दिसा मुक्त घोषणा गर्ने लक्ष्य रहेपनि सप्तरीका अधिकांश गाविस कार्यालयहरुमै चर्पी छैन् ।
सन् २०१७ सम्ममा नेपाललाई र सन् २०१६ सम्ममा सप्तरी जिल्लालाई खुल्ला दिसा मुक्त गाविस घोषणा गर्ने लक्ष्य रहेपनि सप्तरीका ९१ गाउँ विकास समितिहरु मध्ये अधिकांश गाविसको कार्यालयहरुमा चर्पी नरहेको पाईएको छ ।
जिल्लाको मलेकपुर, बेल्ही चपेना, गम्हरिया प्रवाहा, सिम्रहा सिंग्यौन, नर्घो, झुटकी, बनैनियाँ, ईटहरी विष्णुपुर, कोचाबखारी, छिन्नमस्ता, बरही बिरपुर, रम्पुरा मल्हनिया, लौनिया, तिलाठी, औरही, भुतही लगायतका अधिकांश गाउँ विकास समितिको कार्यालयहरुमै चर्पी नरहेको श्रोतको दाबी छ ।
चर्पी नहुँदा खासगरी आवश्यक कामकाजका लागि विभिन्न स्थानबाट आउँने स्थानीय सेवाग्राहीहरुलाई दिसा पिसाव फेर्नमा निकै समस्या आउँने गरेको सेवाग्राहीहरुको गुनासो रहेको छ । यसैक्रममा जिल्लाको मलेकपुर गाविस भवनमा अधुरै चर्पी रहेका कारणले आफु सेवाग्राहीहरुलाई काम विशेषले आउँदा निकै समस्या खेप्नु परेको स्थानीय रमेश कुमार यादवको गुनासो छ ।
यता विभिन्न गाविसका स्थानियहरुलाई घर घरमा चर्पी बनाउन विभिन्न खाले सरकारी नियम सिकाउँदै हिडेका सरोकारवाला संस्थाहरुले गाउँ विकास समितिहरुमा चर्पी बनाउँने तर्फ ध्यान दिन सकेका छैन् ।
सो निकायले स्थानियहरुले घर घरमा चर्पी नबनाए सरकारी स्तरबाट पाउने विभिन्न सेवा सुविधाबाट कटौती गर्ने निर्णय समेत गरेको छ ।
हाल सम्ममा सप्तरीको १८ वटा गाविस खुल्ला दिसा मुक्त गाविस घोषणा भएपनि बाँकी गाविसहरुलाई सन २०१६ सम्ममा खुल्ला दिसा मुक्त गाविस घोषणा गरी सन २०१६ मा सप्तरी जिल्लालाई खुल्ला दिसा मुक्त गाविस घोषणा गर्ने लक्ष्य रहेको जिल्ला खानेपानी सरसफाई डिभिजन कार्यालयका प्रमुख एवं जिल्ला स्तरीय खानेपानी सरसफाई समन्वय समितिका सदस्य सचिव ई.लोकेन्द्र प्रसाद यादवको भनाई रहेको छ ।
उहाँका अनुसार जुन गाउँ विकास समितिको कार्यालयहरुमा चर्पी छैन ती गाउँ विकास समितिहरुमा अविलम्व पहिला नै चर्पी बनाउँन अनुरोध गरिएको छ ।
यता सो सम्बन्धमा जिल्ला विकास समितिका कार्यक्रम अधिकृत नवराज खड्काले नेपाल सरकारको गुरु योजना अनुसार सन २०१६ सम्ममा सप्तरी जिल्लालाई खुल्ला दिसा मुक्त जिल्ला घोषणा गर्नुपर्ने भएकाले जुन गाउँ विकास समितिहरुमा चर्पी छैन,ास् त्यहा छिटै नै चर्पी नबनाए त्यहाँका गाविस सचिवहरुको तलब भक्ता समेत रोक्का गर्ने जानकारी दिनुभयो ।
स्थानियहरुलाई घर घरमा चर्पी नबनाए विभिन्न सरकारी सेवा सुविधाबाट कटौती गर्न दवाब दिदै आएको सो निकायलाई अब जनताले कुन सुविधाबाट बञ्चित गर्ने हो भन्ने प्रश्न जनमानसमा उब्जिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
- 2082/10/13 सप्तरी निर्वाचन क्षेत्र नं. १ मा रोचक प्रतिस्पर्धा नयाँ र पुराना दल आमने–सामने
- 2082/10/13 बरख गणद्वारा न्यानो कपडा वितरण
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ