News Category 2070/05/17
एमालेले उम्मेदवारको टुङ्गो लगायो
दैनिक संवाददाता
राजविराज, १६ भदौं ।
आगामी संविधानसभा निर्वाचनका लागि नेकपा एमाले सप्तरीले जिल्लाको ६ वटै क्षेत्रमा आफ्नो उम्मेदवारको नाम सिफारिश गरेको छ ।
उम्मेदवारको नाम तय गर्नका लागि बसेको वैठकले क्षेत्र नं. १ मा प्रत्यक्षतर्फ क्रमशः उषा पोखरेल, सुमनराज प्याकुरेल, र वसन्त मिश्रको नाम सिफारिश गर्ने निर्णय गरेको छ भने समानुपातिकतर्फ सत्यनारायण मण्डल र सरिता गिरीको नाम सिफारिश गरेको छ ।
यसैगरी क्षेत्र नं. २ मा शैलेन्द्रचन्द्र झा, शोभितलाल यादव र सावित्री रामको नाम सिफारिश भएको छ भने समानुपातिकतर्फ राजाराम यादव, रामसेवक पघैया, देवनाथ यादव, माधवी साह, लक्ष्मण मण्डल र विश्वनाथ यादवको नाम सिफारिश गरेको छ ।
यस्तै क्षेत्र नं. ३ मा प्रत्यक्षतर्फ प्रतापनारायण चौधरी, निर्मल यादव र मन्जु साहको नाम सिफारिश गर्ने निर्णय गरेको छ भने समानुपातिकतर्फ मनोहर पोखरेल र जयप्रकाश ठाकुरको नाम सिफारिश गरेको छ ।
क्षेत्र नं. ४ बाट अध्यक्ष ताराकान्त चौधरी, जिल्ला उपाध्यक्ष अब्दुल मजिद साकिर र बिन्दु यादवको नाम प्रत्यक्षतर्फ सिफारिश भएको छ भने समानुपातिकतर्फ रामलखन मुखिया र रामेश्वर मण्डलको नाम सिफारिश भएको छ ।
यस्तै क्षेत्र नं. ५ मा प्रत्यक्षतर्फ गोबिन्द न्यौपाने, महेश यादव र जसोमतीदेबी साह तथा समानुपातिकतर्फ दुर्गानन्द सदा, रामभजु यादव र राजेन्द्र साहको नाम सिफारिश गरेको छ भने क्षेत्र नं. ६ मा बृजनारायण साह, शोभानन्द राय र मदन साहको नाम प्रत्यक्षमा सिफारिश गरेको छ । त्यस्तै समानुपातिकतर्फ बिल्टु दास र हेमनारायण चौधरीको नाम सिफारिश गरेको छ ।
आगामी मंसीर ४ गतेका लागि तोकिएको संविधानसभा चुनावअघि पार्टीका सबै उम्मेदवारको सिफारिसका लागि पार्टी केन्द्रिय कमिटीले गरेको सर्कुलर अनुसार शनिबार क्षेत्रीय भेला आयोजना गरिएको हो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/03/19 एमाले सप्तरीमा निकै असन्तुष्टि, मन्त्रीले ल्याएको विकास योजनामा आफ्नै नेताहरुबाट बिरोध
- 2082/03/19 एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सुरुङ्गा नगरपालिकाद्वारा नगदसहित पुरस्कृत
- 2082/03/19 लाखौं मुल्य बराबरको भन्सार छलेका सामानहरु बरामद
- 2082/03/18 भ्रामक समाचार हाल्नेविरुद्ध कानुन अनुसार अघि बढ्ने ः पत्रकार महासंघ सप्तरी
- 2082/03/18 अस्पतालभित्रै महिलामाथि बलात्कारको प्रयास गर्ने पक्राउ
- 2082/03/17 बसको ठक्करबाट बालकको ज्यान गएको बिरोधमा स्थानीयद्वारा सडक अवरुद्ध
- 2082/03/17 आधारभूत पत्रकारिता तालिम सम्पन्न
- 2082/03/17 एसइईको नतिजाले सप्तरीको शिक्षामा प्रश्न चिन्ह
- 2082/03/17 जिल्ला प्रशासन कार्यालयमै पाकेटमारी गरेको आरोपमा एक वृद्ध पक्राउ
- 2082/03/17 राजगढमा सभागृह बन्दै
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ