News Category 2070/05/18
मंसीर ४ गते हुने निर्वाचनमा कुनै शंका नगर्न आग्रह
दैनिक संवाददाता
राजविराज, १७ भदौं ।
तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले मंसीर ४ गते हुने निर्वाचनमा कुनै शंका नगर्न सम्पूर्ण जनतालाई आग्रह गर्नुभएको छ ।
तराई मधेश लोकतान्त्रिक पार्टी सप्तरीद्वारा सोमबार विहान राजविराजमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ठाकुरले घोषित मितिमै निर्वाचन हुने भएकोले सम्पूर्ण जनतालाई निर्वाचनमा भाग लिई आफ्नो मताधिकारको प्रयोग गर्न आग्रह समेत गर्नुभयो ।
उहाँले कुनै दलले निर्वाचन बहिष्कार गर्दैमा निर्वाचन नरोकिने दाबी समेत गर्नुभयो ।
घोषित निर्वाचनको बिपक्षमा रहेका नेकपा–माओवादी लगायतका दलहरुसँग उच्चस्तरीय राजनीतिक संयन्त्र र सरकारी वार्ता टोलीले वार्ता र छलफल जारी राखेकाले असन्तुष्ट दलहरु पनि निर्वाचनमा सहभागि हुने विश्वास ब्यक्त गर्नुुहँदै अध्यक्ष ठाकुरले निर्वाचनबाट सबैको अधिकार सुनिश्चित हुने भएकाले निर्वाचनलाई अवसरको रुपमा लिनुपर्ने दोह¥याउनुभयो ।
आसन्न निर्वाचनमा मधेशबादी दलहरु बिचमा मोर्चाबन्दीको सम्भावना नरहेपनि निर्वाचन सिटको बिषयमा तालमेल हुने सम्भावनालाई भन्ने नकार्न नसकिने बताउनुहुँदै अध्यक्ष ठाकुरले सिटको बिषयमा तालमेल गर्न मधेशी जनअधिकार फोरम लोकतान्त्रिकसँग मात्र कुराकानी भएपनि कुनै ठोस निर्णय अझै भइनसकेको बताउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
- 2083/01/10 १२ दिनदेखी एक यूवक वेपत्ता २० दिनपछि वेपत्ता अर्का यूवक फेला
- 2083/01/10 सरकारी विज्ञापन नीति बिरुद्ध आपत्ति जनाउँदै पत्रकारद्वारा प्रधानमन्त्रीलाई ज्ञापन
- 2083/01/09 भन्सार नीति बिरुद्ध धर्ना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ