News Category 2070/05/19
राप्रपा सप्तरीद्वारा उम्मेदवारको नाम सिफारिस
दैनिक संवाददाता
राजविराज, १८ भदौ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी सप्तरीले अगामी मंसिर ४ गतेको घोषित संविधानसभाको निर्वाचनका लागि जिल्लाको छ वटै क्षेत्रबाट सम्भावित उम्मेदवारको नाम सिफारिस गरेको छ ।
जिल्लाको क्षेत्र नं १ बाट प्रत्यक्षतर्फ कैजुम शेख, मानपुर चौधरी, उमाकान्त चौधरी, अकबर शेख र रेणुका चौधरीको नाम सिफारिस गर्ने निर्णय गरेको छ भने सो क्षेत्रबाट समानुपातिक तर्फ नन्दलाल यादव, सुभकलाल साहु, रेणु साहको नाम सिफारिस गरेको राप्रपा सप्तरीले जनाएको छ ।
यसैगरी क्षेत्र नं. २ मा प्रत्यक्षतर्फ सकिल अली, हरि खंग, बौवालाल साह, रामकिशोर मण्डल र तेजनारायण मण्डलको नाम सिफारिस भएको छ भने सो क्षेत्रबाट समानुपातिकतर्फ ललितादेवी मण्डल, जगन्नाथ मण्डल, पदमलाल मुखियाको नाम सिफारिस गरेको छ ।
यस्तै क्षेत्र नं ३ मा प्रत्यक्षतर्फ महिदेव प्रसाद चौधरी, हरिनारायण यादव, जयप्रकाश मण्डल, राजोदेवी राम र सितादेवी यादवको नाम सिफारिस गर्ने निर्णय गरेको छ भने समानुपातिकतर्फ घनश्याम झा, कैलु राम र सत्रुधन रायको नाम सिफारिस गरेको छ ।
क्षेत्र नं. ४ मा प्रत्यक्षतर्फ ललिता कुमारी यादव र ओपिन्द्र प्रसाद यादवको नाम सिफारिस भएको छ भने समानुपातिकतर्फ रामनारायण यादव(रामु), रघुनन्दन यादवको नाम सिफारिस भएको छ ।
यस्तै क्षेत्र नं ५ मा प्रत्यक्षतर्फ उम्देश्वर प्रसाद साह, बिन्दीलाल साह, उद्धबलाल साह, चन्द्रदेव सिंह र देवनारायण पाल तथा समानुपातिकतर्फ हरिहर प्रसाद मण्डल, बिरेन्द्र कुमार भगत र सरितादेवी मण्डलको नाम सिफारिस गरेको छ ।
यस्तै क्षेत्र नं ६ मा प्रत्यक्षतर्फ उम्देश्वर प्रसाद साह, छेदी साह, बलराम प्रसाद चौधरी, बिरेन्द्र कुमार यादव र घनश्याम मण्डलको नाम सिफारिस गरेको छ भने सो क्षेत्रबाट समानुपातिक तर्फ राजकुमार साह, प्रेम पासवान र उर्मिलादेवीको नाम सिफारिस गरेको सो पार्टीका जिल्ला कार्यवाहक अध्यष घनश्याम झाद्वारा जारी बिज्ञप्तीमा उल्लेख छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/26 चुनावी घोषणापत्र मार्फत विभिन्न एजेन्डाहरु सार्वजनिक गरेपनि कार्यान्वयन भने फितलो
- 2082/10/26 जागिर छाडेर चुनावी मैदान
- 2082/10/25 सुशासन र स्थिर सरकारका लागी मेरो उम्मेदवारी ः रास्वपा उम्मेदवार साह
- 2082/10/25 स्रोत नखुलेको १३ लाख रकमसहित एक पक्राउ
- 2082/10/25 मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु, दुई घाइते
- 2082/10/25 पिएम कपमा सप्तरीको दोस्रो जित
- 2082/10/23 निर्वाचनबाट सहि नेतृत्व र सहि ब्यक्ती चयन हुनुपर्छ ः अध्यक्ष घिसिङ
- 2082/10/23 जिल्लामा आचारसंहिताको गम्भीर उल्लंघन भइरहेको छ ः नेवि संघ
- 2082/10/23 पिएम कप प्रदेशस्तरीय छनोटमा महोत्तरी बिजयी
- 2082/10/22 चुनावको मुखमा आफूलाई बदनाम गर्न विभिन्न खाले षडयन्त्र रचिदै छ ः उम्मेदवार चौधरी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ