News Category 2070/05/20
नेवि संघ केन्द्रिय अध्यक्षको नाम सिफारिस नगरिएको भन्दै धर्ना
दैनिक संवाददाता
राजविराज, १९ भदौ ।
आसन्न संविधानसभा निर्वाचनका लागि जिल्लाको क्षेत्र नं. २ बाट नेवि संघ केन्द्रिय अध्यक्ष रन्जित कर्णको नाम सिफारिस नगरिएको लगायत पाँच सूत्रिय माग राख्दै बुधबार नेपाल विद्यार्थी संघ सप्तरीले नेपाली काँग्रेस पार्टी कार्यालयमा धर्ना दिएको छ ।
क्षेत्रिय सभापतिहरुले मनोमानी ढंगले उम्मेदबारको नाम सिफारिस गरेको भन्दै नेवि संघका नेता तथा कार्यकर्ताहरुले एक घण्टा धर्ना दिएका हुन् ।
नेवि संघका विद्यार्थी नेताको नाम प्रत्येक क्षेत्र प्रत्यक्ष र समानुपातिक तर्फ सिफारिस हुनुपर्ने, क्षेत्रिय सभापतिहरुले मनोमानी ढंगले उम्मेदबारको नाम सिफारिस गर्न नपाउने, प्रत्येक क्षेत्रका सक्रिय नेता तथा पार्टी कार्यकर्ताको नाम उम्मेदबारको रुपमा सिफारिस हुनुपर्ने र क्षेत्रिय सभापतिहरुले मनोमानी ढंगले गरेको निर्णयहरु खारेजीको माग राख्दै धर्ना बस्नु परेको नेवि संघका अध्यक्ष धनश्याम साहले जानकारी दिनुुभयो ।
अध्यक्ष साहले बिहीबारसम्म मागहरु सम्बोधन नभए पार्टी कार्यालयमा तालाबन्दी गरि धर्नामा बस्ने चेतावनी समेत दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/05/30 प्रमुख प्रशासकीय अधिकृत अनुभवी नरहेको भन्दै कावा नगरप्रमुखले मन्त्रालयलाई लेखे पत्र
- 2082/05/30 फोहर व्यवस्थापनका लागि नगरपालिकाले विशेष सरसफाई अभियान चलाउने
- 2082/05/30 डिभाईडरमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
- 2082/05/29 राजविराज नगरपालिका कार्यालयमा ३० करोड भन्दा बढीको क्षति, ११ लाख नगदसहित तीस वटा सवारीसाधन जलेर नष्ट
- 2082/05/29 कारागार क्षेत्रमा कफ्र्यु आदेश
- 2082/05/29 राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा प्रवाह स्थगन
- 2082/05/27 आन्दोलनका क्रममा चोरी तथा लुटपाट गरेर लगेका सम्पत्ति सात दिन भित्र बुझाउन प्रशासनको चेतावनी
- 2082/05/27 थप १५ जना कैदीबन्दी पक्राउ, एक कैदी मृत फेला
- 2082/05/26 स्थानीय प्रशासनले कफ्र्यु खुकुलो पारेपछि किनमेल गर्दै सर्वसाधारण
- 2082/05/26 फरार ४२ जना कैदीबन्दी पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ