News Category 2073/02/07
दलित कल्याण संघका पदाधिकारीहरुको पदस्थपना
दैनिक समाचारदाता
राजविराज, ६ जेठ ।
१८ औं साधारण सभा एवम् छैठौं जिल्ला अधिवेशबाट निर्वाचित नेपाल राष्ट्रिय दलित समाज कल्याण संघको पदाधिकारीहरुको बिहीवार एक कार्यक्रमबीच पदस्थापना गरिएको छ ।
नेपाल राष्ट्रिय दलित समाज कल्याण संघका केन्द्रीय सदस्य बच्चु सरबरियाले संघ नवनिर्वाचित अध्यक्षसहितका पदाधिकारीहरुलाई पदस्थापना गराउनुभयो ।
गत बुधवार सम्पन्न अधिवेशनले पुनः राजकुमार परियारकै अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको थियो । समितिको सदस्यहरुमा शम्भुलाल राम, विमला नेपाली, वलराम खंग, इम्विमायाँ विक र सुकराती सदालाई सर्वसम्मतबाट चयन गरेको थियो ।
कार्यसमितिका अन्य सदस्य र पदाधिकारीहरु अध्यक्षले पछि थप गर्ने बैधानिक व्यवस्था अनुसार संघको उपाध्यक्षमा शम्भुलाल राम, सचिवमा आशादेवी खंग र कोषाध्यक्षमा बिमला नेपालीलाई मनोनित गरेको संघले जनाएको छ ।
यस्तै नथुनी पासवान, पशुपति खंग, नरेश परियार, अरहुलियादेवी खंगलाई सदस्य पदमा मनोनित गरेको जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/01 कारागारको सुरक्षामा खटिए नेपाली सेना, ६९ जना कैदीबन्दीले मतदान गर्न पाउने
- 2082/10/29 कार्यसम्पादन मूल्यांकनमा सुरुङ्गा प्रथम, तिलाठी कोईलाडी दोस्रो
- 2082/10/29 नयाँ–नयाँ शैलीमा चुनावी प्रचार प्रसार
- 2082/10/28 संविधान संशोधन वा पुनःलेखनको बिकल्प छैन ः उपेन्द्र यादव
- 2082/10/28 पिएम कप प्रदेश छनोटमा रौतहट बिजयी, फाइनलमा धनुषासँग भिड्ने
- 2082/10/27 काँग्रेसले चुनाव होइन, चुनावले काँग्रेसलाई खोजेको हो ः काँग्रेस सभापति थापा
- 2082/10/27 मधेशवादका प्रणेता स्व. सिंहप्रति सम्मान
- 2082/10/27 घण्टी बजाउँदै बालेनले गरे बजार क्षेत्र परिक्रमा
- 2082/10/27 जसपा नेपालका केन्द्रीय सदस्य यादव रास्वपामा प्रवेश
- 2082/10/26 चुनावी घोषणापत्र मार्फत विभिन्न एजेन्डाहरु सार्वजनिक गरेपनि कार्यान्वयन भने फितलो
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ