News Category 2073/02/15
दशं महिनामा एक हजार ३२ मुद्दाहरु फर्छयौट
दैनिक समाचारदाता
राजविराज, १४ जेठ ।
पुनरावेदन अदालत राजविराजले चालु आ.ब. २०७२÷७३ बैशाख सम्म दशं महिनामा १ हजार ३२ मुद्दाहरु फर्छयौट गरेको छ । यो संख्या कुल लक्ष्य ३ हजार ५ सय ८५ को २८.७९ प्रतिशत हो ।
शुक्रबार पुनरावेदन अदालत राजविराजमा आयोजित पत्रकार सम्मेलनमार्फत अदालतका रजिष्टार मान बहादुर कार्कीले जानकारी दिनुभयो ।
उहाँले चालु आ.ब. मा तराई मधेश आन्दोलन र दुई वटा इजलाश मात्र हुने गरेकोले मुद्दाको फर्छयौट कम भएको जानकारी दिनुभयो ।
उहाँले अदालतमा १ वर्ष भित्रका १ हजार ८ सय ९३ वटा, १ वर्ष देखी १८ महिना भित्रका ६ सय ७३ वटा, १८ महिनादेखी २ वर्ष भित्रका २ सय ६८ वटा र २ वर्ष कटेका ४० वटा मुद्दाहरु रहेको उल्लेख गर्नुभयो ।
सेवाग्राहीको हितलाई ध्यानमा राखि केही सेवाहरु एक घण्टाभित्र प्रदान गर्ने गरेको तथा अदालतबाट प्रदान गरिने सेवाहरुको बारेमा सर्वसाधारणलाई जानकारी दिनका लागि स्थानिय स्तरका तीन वटा एफएमहरुबाट दुई भाषामा कामकारवाही बारेमा प्रसारण भइरहेको जानकारी दिनुभयो ।
अदालतमा मुख्य न्यायाधिशसहित १२ न्यायाधिशको दरबन्दी रहेकोमा हाल पाँच जना मात्र न्यायाधिश रहेको बताउँदै उहाँले मुख्य न्यायाधिश इश्वरप्रसाद खतिवडा सर्वोच्चको न्यायाधिश सिफारिसमा पर्नुभएको बताउनुभयो ।
अदालतबाट भएका कामकारवाही सेवाग्राहीहरुमा सकज पहुँचका लागि सूचना प्रविधिलाई अत्याधिक प्रयोग गर्ने व्यवस्था गर्नुका साथै एसएमएस, अनलाईन तारेख व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो ।
त्यस्तै रजिष्टार कार्कीले सेवाग्राहीहरुको हितलाई ध्यानमा राखि हेल्पडेस्क स्थापना गरिएको तथा निकट भविष्यमा छुटै कक्ष निर्माण गरि परामर्श सेवा संचालन गर्ने तरखरमा रहेको जिकिर गर्नुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/01 कारागारको सुरक्षामा खटिए नेपाली सेना, ६९ जना कैदीबन्दीले मतदान गर्न पाउने
- 2082/10/29 कार्यसम्पादन मूल्यांकनमा सुरुङ्गा प्रथम, तिलाठी कोईलाडी दोस्रो
- 2082/10/29 नयाँ–नयाँ शैलीमा चुनावी प्रचार प्रसार
- 2082/10/28 संविधान संशोधन वा पुनःलेखनको बिकल्प छैन ः उपेन्द्र यादव
- 2082/10/28 पिएम कप प्रदेश छनोटमा रौतहट बिजयी, फाइनलमा धनुषासँग भिड्ने
- 2082/10/27 काँग्रेसले चुनाव होइन, चुनावले काँग्रेसलाई खोजेको हो ः काँग्रेस सभापति थापा
- 2082/10/27 मधेशवादका प्रणेता स्व. सिंहप्रति सम्मान
- 2082/10/27 घण्टी बजाउँदै बालेनले गरे बजार क्षेत्र परिक्रमा
- 2082/10/27 जसपा नेपालका केन्द्रीय सदस्य यादव रास्वपामा प्रवेश
- 2082/10/26 चुनावी घोषणापत्र मार्फत विभिन्न एजेन्डाहरु सार्वजनिक गरेपनि कार्यान्वयन भने फितलो
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ