News Category 2073/02/15
दशं महिनामा एक हजार ३२ मुद्दाहरु फर्छयौट
दैनिक समाचारदाता
राजविराज, १४ जेठ ।
पुनरावेदन अदालत राजविराजले चालु आ.ब. २०७२÷७३ बैशाख सम्म दशं महिनामा १ हजार ३२ मुद्दाहरु फर्छयौट गरेको छ । यो संख्या कुल लक्ष्य ३ हजार ५ सय ८५ को २८.७९ प्रतिशत हो ।
शुक्रबार पुनरावेदन अदालत राजविराजमा आयोजित पत्रकार सम्मेलनमार्फत अदालतका रजिष्टार मान बहादुर कार्कीले जानकारी दिनुभयो ।
उहाँले चालु आ.ब. मा तराई मधेश आन्दोलन र दुई वटा इजलाश मात्र हुने गरेकोले मुद्दाको फर्छयौट कम भएको जानकारी दिनुभयो ।
उहाँले अदालतमा १ वर्ष भित्रका १ हजार ८ सय ९३ वटा, १ वर्ष देखी १८ महिना भित्रका ६ सय ७३ वटा, १८ महिनादेखी २ वर्ष भित्रका २ सय ६८ वटा र २ वर्ष कटेका ४० वटा मुद्दाहरु रहेको उल्लेख गर्नुभयो ।
सेवाग्राहीको हितलाई ध्यानमा राखि केही सेवाहरु एक घण्टाभित्र प्रदान गर्ने गरेको तथा अदालतबाट प्रदान गरिने सेवाहरुको बारेमा सर्वसाधारणलाई जानकारी दिनका लागि स्थानिय स्तरका तीन वटा एफएमहरुबाट दुई भाषामा कामकारवाही बारेमा प्रसारण भइरहेको जानकारी दिनुभयो ।
अदालतमा मुख्य न्यायाधिशसहित १२ न्यायाधिशको दरबन्दी रहेकोमा हाल पाँच जना मात्र न्यायाधिश रहेको बताउँदै उहाँले मुख्य न्यायाधिश इश्वरप्रसाद खतिवडा सर्वोच्चको न्यायाधिश सिफारिसमा पर्नुभएको बताउनुभयो ।
अदालतबाट भएका कामकारवाही सेवाग्राहीहरुमा सकज पहुँचका लागि सूचना प्रविधिलाई अत्याधिक प्रयोग गर्ने व्यवस्था गर्नुका साथै एसएमएस, अनलाईन तारेख व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो ।
त्यस्तै रजिष्टार कार्कीले सेवाग्राहीहरुको हितलाई ध्यानमा राखि हेल्पडेस्क स्थापना गरिएको तथा निकट भविष्यमा छुटै कक्ष निर्माण गरि परामर्श सेवा संचालन गर्ने तरखरमा रहेको जिकिर गर्नुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
- 2082/08/17 स्थापना दिवसमा पुस्तक प्रदर्शनी
- 2082/08/15 ल्यावमा तोडफोड, एक जना पक्राउ
- 2082/08/15 धान दाउन गराइरहेका पासवानको मोटरसाइकल ठक्करबाट मृत्यु
- 2082/08/15 मझौउमा हरित, सफा तथा सुरक्षित बिद्यालय घोषणा
- 2082/08/14 टे«ड युनियनलाई बलियो बनाउन नयाँ योजनाका साथ अघि बढ्न सुझाव
- 2082/08/14 औषधी ऐन खारेजीका माग गर्दै औषधी ब्यवसायी आन्दोलित
- 2082/08/14 सडक मर्मत सम्भार हुन नसक्दा दिनहुँजसो दुर्घटना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ