News Category 2073/04/29
कुशहामा नृत्य तथा नाटक मंचन कार्यक्रम
दैनिक समाचारदाता
राजविराज, २८ साउन ।
अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा शुक्रबार सप्तरीसहित मुलुकभरी विभिन्न कार्यक्रमको आयोजना गरी मनाईएको छ ।
यसै क्रममा सेभ द चिल्डे«नको सहयोग तथा सबल नेपालको आयोजनामा शुक्रबार कुशहा गाविसस्थित मसिलाल उच्च माविको विद्यालय प्राङ्गणमा बृहत नृत्य तथा नाटक मंचन कार्यक्रमको आयोजना गरिएको छ ।
सो कार्यक्रममा सहभागिहरुले राज्यको नीति निर्माणमा युवाको सार्तक सहभागिता हुनुपर्नेमा जोड दिदै युवाहरुको नेतृत्व विकासको माध्यमबाट राष्ट्रिय विकासको मुल धारमा नसमेटिए सार्वभौमिक राष्ट्र विकासको कल्पना गर्न नसकिने विश्वास ब्यक्त गरेका छन् ।
नेपाल पत्रकार महासंघका सदस्य चन्दन कुमार यादवको प्रमुख आतिथ्यमा आयोजित सो कार्यक्रममा सबल नेपालका कार्यकारी निर्देशक दिपक झा, राप्रावि मल्हनिया प्रअ नरसिंह चौधरी, समाजसेवी मो.अलफत लगायतकाहरुले युवाको हकअधिकार सुनिश्चितता हुनुपर्नेमा विशेष जोड दिनुभयो ।
सो समारोहमा सबल नेपालका निर बहादुर आलेले उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो भने सबल नेपालका फिल्ड अफिसर शिब शंकर यादवद्वारा कार्यपत्र प्रस्तुत गरिएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/09 सप्तरीको चार वटै निर्वाचन क्षेत्रमा रोचक प्रतिष्पर्धा हुने
- 2082/10/09 क्षेत्र नं. ४ बाट दुई जनाले लिए उम्मेदवारी फिर्ता
- 2082/10/08 नगरपालिकाद्वारा विद्यार्थीलाई निःशुल्क पुस्तक प्रदान
- 2082/10/08 क्षेत्र नं. १ मा एकको उम्मेदवारी रद्द, २१ जनाको कायम
- 2082/10/08 डुबेर एक किशोरीको मृत्यु
- 2082/10/07 सप्तरीमा १ सय ५ जनाको उम्मेदवारी दर्ता, दुई राष्ट्रिय अध्यक्षदेखि मधेश प्रदेशका पूर्वमुख्यमन्त्री समेतको उम्मेदवारी
- 2082/10/07 हातहतियार बुझाउन आग्रह
- 2082/10/07 डा. चौधरी सरकारी जागिर छाडेर चुनावी मैदानमा होमिए
- 2082/10/07 पिएम कपमा डाक्नेश्वरी बिजयी
- 2082/10/06 सप्तरीको चारै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण ढंगले उम्मेदवारी दर्ता
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ