News Category 2073/04/29
सवारी दुर्घटनामा घाइते मध्ये एक भारतीय नागरिकको मृत्यु
दैनिक समाचारदाता
राजविराज, २८ साउन ।
सप्तरीको हनुमाननगर योगिनियामाई नगरपालिका ६ मा बिहीबार भएको सवारी दुर्घटनामा परी गम्भिर घाइते मध्ये एकजना भारतीय नागरिकको शुक्रबार उपचारको क्रममा मृत्यु भएको छ ।
बि आर ५० ए ९४६१ नम्बरको भारतीय मोटरसाइकल र स १ ज ३६७ नम्बरको म्याजिक भ्यान आपसमा ठोक्किदा मोटरसाइकलमा सवार भारत मधुबनी नरेन्द्रपुर १० बस्ने राजदेब मण्डलको उपचारका क्रममा धरानमा मृत्यु भएको हो ।
यस्तै सोही ठाउँका सुर्य नारायण सदा र दर्पि मण्डल घाइते भएका थिए । घाइते दुवैको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको प्रहरीले जनाएको छ । यता ठक्कर दिने भ्यानका चालक फरार रहेकाले प्रहरीबाट खोजी कार्य भइरहेको जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/27 सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
- 2082/11/26 पोखरीमा माछा मार्न गएका युवकको डुबेर मृत्यु
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ