News Category 2070/06/03
सद्भावनाद्वारा २ नं क्षेत्रको प्रत्यक्ष बाहेक सम्पूर्ण क्षेत्रबाट ९१ उम्मेदबारको नाम सिफारिस
दैनिक संवाददाता
राजविराज, २ असोज ।
आसन्न संविधानसभा निर्वाचनका लागि सद्भावना पार्टी जिल्ला कार्यसमिति सप्तरीले २ नं क्षेत्रको प्रत्यक्ष बाहेक सम्पूर्ण क्षेत्रको उम्मेदबारको नाम केन्द्रमा सिफारिस गरेको छ । जिल्लाको सम्पूर्ण क्षेत्रबाट प्रत्यक्ष र समानुपातिकतर्फ गरि ९१ जना उम्मेदबारको नाम केन्द्रमा सिफारिस गरेको छ ।
सप्तरीको ६ वटै क्षेत्रीय समितिले सिफारिस गरि पठाएको नामलाई अनुमोदन गरि प्रत्यक्ष र समानुपातिकतर्फका लागि उम्मेदबारहरुको नाम सिफारिस गरिएको विज्ञप्तिमा जनाइएको छ । तर विज्ञप्तिमा सप्तरी क्षेत्र नं. २ बाट कुनै पनि प्रत्यक्षतर्फको उम्मेदबारको नाम उल्लेख रहेको छैन् ।
प्रत्यक्षमा क्षेत्र नं. १ बाट लक्ष्मण यादव, राजकुमार चौधरी र बिनोद कुमार यादव, क्षेत्र नं. ३ बाट लक्ष्मण यादव, अनिस अंसारी र विशेश्वर रजक, क्षेत्र नं. ४ बाट राजेन्द्र प्रसाद यादव, मो. जिसमूल खाँ, शम्भु कुमार यादव र भिमराज यादव, क्षेत्र नं. ५ बाट दिनेश कुमार यादव, बिनय कुमार साह “अग्निी” र हरेराम यादव तथा क्षेत्र नं. ६ बाट भगवती प्रसाद यादव, ललिता देवी “लता” र अरबिन्द कुमार यादवको नाम सिफारिस गरिएको छ ।
यसैगरि ६ वटै क्षेत्रबाट समानुपातिकमा तर्फ श्यामवती चौधरी, कर्पुरदेवी भिण्डा, हरेकृष्ण भिनवार, श्रवण चौधरी, सुनिल झा, दिपा अधिकारी, माधुरी मण्डल, धर्मनारायण राय, सुरेन्द्र झा, रामचन्द्र साह, सुब्बालाल यादव, सीताराम मण्डल, अमरनाथ मण्डल, रामनाथ मण्डल, शशिकुमार यादव, रामदेव माली, शैलेश कुमार सिंह, दुर्गाप्रसाद इशर, नागेश्वर साह, दिनेश कुमार यादव, रामनारायण सदा, दुखी मुखिया, मो. हासिम मियाँ, ममता झा, शारदादेवी साह, मालतीदेवी मण्डल, ललिता कुमारी साह, अनारदेवी राम, मनिषकुमार सुमन, तेजकान्त झा, खगेन्द्र मण्डल, दिपेन्द्र कुमार चौधरी, पुनम यादव, श्यामानन्द सुमन, हजारी राम र किशोर कुमार यादव “केसी” को नाम सिफारिस गरिएको छ ।
यस्तै रामबृक्ष महतो, हरेकृष्ण प्रसाद सिंह, राजेन्द्र प्रसाद दास, राजेन्द्र शर्मा, विशेश्वर रजक, सुनिल कुमार झा, रामसागर मण्डल, धनिलाल मण्डल, ललित नारायण यादव, जुक्ति लाल मरिक, मो. मजिद मियाँ, महेन्द्र माझि, कृष्ण कुमार साह, हिरावती सदा, राम चन्द्र यादव, बिन्दु ठाकुर, फुलचन्द सदा, लक्ष्मण साह, नन्द किशोर पासमान, मो. इनुस राइन, रघुनाथ महतो, लाल बहादुर महतो, रितादेवी पासमान, शिवनारायण चौधरी, योगेन्द्र प्रसाद खेडवार, बिजय मण्डल, इश्वरी मण्डल, धिरेन्द्र कुमार यादव, सुनिता विश्वकर्मा, नारायण साह, मो. लुकमान राईन, भोगेन्द्र मण्डल, विपिन कुमार कर्ण, चनरदेवी राम, नारायण ठाकुर, महेश प्रसाद सुनरैत यादव, ललित झा र सत्यनारायण साफीको नाम सिफारिस गरिएको हो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/05 मनोनयन प्रक्रियादेखी मतगणना प्रक्रियासम्म सबै सुरक्षा व्यवस्थापनको तयारी
- 2082/10/05 सप्तरी २ बाट उम्मेदवारी दिन्छु ः पूर्वमुख्यमन्त्री सिंह
- 2082/10/05 राजविराज बसपार्क यथासिघ्र संचालनमा ल्याउने मन्त्री सुमनको प्रतिबद्धता
- 2082/10/05 मेयरकप फुटबल प्रतियोगितामा शम्भुनाथ विजयी
- 2082/10/05 प्रधानमन्त्री कप जिल्ला छनोट क्रिकेटमा शम्भुनाथ बिजयी
- 2082/10/03 सप्तरीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना
- 2082/10/03 सप्तरीको समग्र विकासका लागि पहल भइरहेको छ ः मन्त्री गुप्ता
- 2082/10/03 सप्तरीमा निर्वाचन प्रहरीका लागि झण्डै दोब्बर आवेदन
- 2082/10/03 छुट्टाछुट्टै स्थानमा आगलागि हुँदा दश लाख मूल्य बराबरको क्षति
- 2082/10/01 मकर संक्रान्तिमा श्रीराम खिचडी प्रसाद र न्यानो कपडा वितरण
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ