News Category 2073/11/01
राजनीतिक द्वन्द्व समाधान नगरि मुलुक शान्ति र स्थिर हुँदैन् ः फोरम अध्यक्ष यादव
राजविराज÷संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले राजनीतिक द्वन्द्व समाधान नगरि मुलुक शान्ति र स्थिरतातर्फ नजाने बताउनु भएको छ ।
संघीय समाजवादी फोरम नेपाल सप्तरीको प्रथम जिल्ला अधिवेशनको शनिबार राजविराजमा उद्घाटन गर्दै अध्यक्ष यादवले सो कुरा बताउनु भएको हो ।
उहाँले संविधानलाई संशोधन नै नगरिकन, प्रादेशिक संरचनालाई दुरुस्त नै नगरिकन प्रदेशको मातहतमा गर्ने कार्यलाई केन्द्रिय सरकारले आफैमा गर्नु भनेको संघीय लोकतान्त्रिक गणतन्त्रलाई धरापमा पार्न खोजेको आरोप समेत लगाउनु भयो ।
उहाँले पहिचान, प्रादेशिक, समानुपाति समावेशीता सम्बन्धी सवाललाई समाधान गर्नु पर्ने र मुलुकमा द्वन्द्वलाई समाधान गर्नुको साटो स्थानिय तहको निर्वाचन केन्द्रिय सरकारले ते¥स्याएर मुलुकमा द्वन्द्वलाई बढावा दिइरहेको आरोप लगाउनुभयो ।
सरकारले आफूहरुको समस्या समाधान नगरेर निर्वाचनको मिति तोक्यो भने सोही दिन आन्दोलनको घोषणा समेत हुने उहाँले चेतावनी समेत दिनुभयो ।
सोही क्रममा अध्यक्ष यादवले हाल मधेशको जनसंख्या ५२ प्रतिशत रहँदा पनि स्थानिय तहको पुर्नसंरचना आयोगले मधेशमा २५ प्रतिशत गाउँपालिका र नगरपालिका मात्र छुट्याएर प्रतिवेदन सार्वनजिक गर्नु मधेशका लागि अन्याय भएको भन्दै स्थानिय तहका संरचनालाई पनि जनसंख्याको आधारमा पुर्नगठन गर्नुपर्ने माग गर्नुभयो ।
उहाँले वर्तमान अवस्थामा संघीय संसदको निर्वाचन हुनुपर्ने बताउँदै संघीय संसदले प्रादेशिक निर्वाचन अनि प्रदेश सरकारले स्थानिय तह वा निकायको निर्वाचन गर्ने अधिकार रहेकोमा सरकारले त्यसो नगरेर उल्टो कुरा गरेर मुलुकलाई उल्टो दिशामा लगेर दुर्घटना निम्त्याउन खोजेको आरोप समेत लगाउनुभयो ।
संघीय समाजवादी फोरम नेपालका सप्तरी अध्यक्ष दिनेश कुमार यादवको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा फोरमका मधेस प्रदेश संयोजक रेणुकुमारी यादव, प्रादेशिक मुख्यसचिव शम्भु झा, केन्द्रिय सदस्यहरु शैलेन्द्रप्रसाद साह, अशोककुमार यादव, जगदेव यादव, विनोद चौधरी, सुभाष यादव, सांसद लक्ष्मी चौधरी लगायतकाले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । जारी जिल्ला अधिवेशनले फोरम सप्तरीको नयाँ नेतृत्व समेत चयन गर्नेछ । सो उद्घाटन समारोहमा मगर समुदायका बालबालिकाहरुले नृत्य समेत प्रस्तुत गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/05/30 प्रमुख प्रशासकीय अधिकृत अनुभवी नरहेको भन्दै कावा नगरप्रमुखले मन्त्रालयलाई लेखे पत्र
- 2082/05/30 फोहर व्यवस्थापनका लागि नगरपालिकाले विशेष सरसफाई अभियान चलाउने
- 2082/05/30 डिभाईडरमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
- 2082/05/29 राजविराज नगरपालिका कार्यालयमा ३० करोड भन्दा बढीको क्षति, ११ लाख नगदसहित तीस वटा सवारीसाधन जलेर नष्ट
- 2082/05/29 कारागार क्षेत्रमा कफ्र्यु आदेश
- 2082/05/29 राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा प्रवाह स्थगन
- 2082/05/27 आन्दोलनका क्रममा चोरी तथा लुटपाट गरेर लगेका सम्पत्ति सात दिन भित्र बुझाउन प्रशासनको चेतावनी
- 2082/05/27 थप १५ जना कैदीबन्दी पक्राउ, एक कैदी मृत फेला
- 2082/05/26 स्थानीय प्रशासनले कफ्र्यु खुकुलो पारेपछि किनमेल गर्दै सर्वसाधारण
- 2082/05/26 फरार ४२ जना कैदीबन्दी पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ