News Category 2073/12/24
सप्तरीका ५ प्रतिशत बालबालिकाहरु अझै बिद्यालय बाहिर
दैनिक समाचारदाता
राजविराज, २३ चैत ।
सप्तरीका जिल्ला शिक्षा अधिकारी डोलराज पाण्डेले जिल्लाका ५ प्रतिशत बालबालिकाहरु अझै विद्यालय बाहिर रहेको जानकारी दिनुभएको छ ।
हामी सबैको ईच्छा ,निशुल्क अनिवार्य आधारभुत शिक्षा भन्ने मुल नाराका साथ सेभ द चिल्डेूनको सहयोग तथा जिल्ला शिक्षा कार्यालयको आयोजनामा बुधबार राजविराजमा आयोजित आदर्श वाक्य सहितको विद्यालय भर्ना अभियान २०७४ को तयारी बैठकमा जिशिअ पाण्डेले सो कुराको जानकारी दिनुभएको हो ।
उहाँले गत्त वर्ष सप्तरीमा ७ हजार ७ सय ७५ बालबालिकाहरु जो विद्यालय बाहिर रहेका थिए तिनिीहरुलाई विद्यालयमा भर्ना गरिएको बताउनुहुँदै जिशिअले ५ वर्षदेखि ९ वर्षसम्मका ९५ प्रतिशत बालबालिकाहरु विदालयमा अध्ययनरत रहेको तथा ५ वर्ष बालबालिकाहरु अmभै विद्यालय बाहिर रहेकाले उनीहरुलाई नियमित रुपमा विद्यालयसम्म पुर्याउनका लागि अगामी बैशाख ३ गतेदेखि शुरु हुने विद्यालय भर्ना अभियानलाई सफल बनाईदिनको लागि सम्पुर्ण सरोकारबाला निकाय तथा जिल्लाबासीहरुसँग अनुारोध समेत गरिएको छ । त्यस्तै उहाँले सप्तरीमा बालविकासर माध्यमिक तह अन्तर्गत ५ वर्षदेखि १२ वर्षसम्मका आधारभुत तहमा ८१.५ प्रतिशत बालबालिकाहरु विद्यालयमा भर्ना भएको छ भने १९.५ प्रतिशत बालबालिकाहरु अझै विद्यालय बाहिर रहेको बताउनुँहुँदै प्राथमिक तहमा ५ वर्षदेखि ९ वर्ष सम्मका मुसहर ,डोम तथा अत्ति विपन्न परिवारका ५ प्रतिशत बालबालिकाहरु अझै विद्यालय बाहिर रहेको बताउनुभयो ।
त्यस्तै जिशिअ पाण्डेले सप्तरीमा भर्ना १०० प्रतिशत भएपनि ४० प्रतिशत मात्र नियमित विद्यालयमा उपस्थिति रहने गरेको तथा विषयगत सिकाई उपलब्धि ४५ प्रतिशत मात्र रहेकोले शैक्षिक उपलब्धिलाई अगाडी बढाउनुपर्नेमा जोड दिनुहुँदै विदालयमा धर्ना भएका बालबालिकाहरुलmाई अझै विद्यालयमा टिकाउने प्रयासमा लाग्नुपर्ने बताउनुभयो । यसैगरी उहाँले विद्यालय भर्ना राष्टिूय अभियानलाई शत प्रतिशत पुयाउनका लागि तथा जिल्लाको शैक्षिक स्तरलाई गुणस्तरीय बनाउनका लागि सम्पुर्ण निकायको सहयोगको खाँचो रहेको बताउनुभयो ।
उहाँले जिल्लामा ९ प्रतिशत बालबालिकाहरु अझै प्राथमिक तहमा कक्षा दोहरीने गरेको तथा ८८ प्रतिशत उर्तिण हुने गरेकोले अगामी बैशाख ३ गतेदेखि १४ गतेसम्म विद्यालय बाहिर रहेका बालबालिकाहरुलाई विद्यालय भर्ना गराउने तथा बैशाख ३० गतेसम्म घरदेलौ अभियान संचालन गरी शत प्रतिशत विद्यालय भर्ना अभियान संचालन गर्न लागेको बताउनुभयो ।
उहाँले जिल्लाको हरीपुर ,कुशहा ,लौनिया र गम्हरीया प्रबाहा गाबिस शत प्रतिशत विद्यालय भर्ना अभियान गाबिस घोषणा भईसकेकाले अन्य गाबिसमा रहेका विदालयहरुलाई समेत शत प्रतिशत विद्यालय भर्ना अभियान कार्यक्रम विभिन्न संघ संस्थाहरुले संचालन गर्दै आएको जानकारी दिनुभयो ।
सो कार्यक्रममा नेपाल शिक्षक महासंघका अध्यक्ष फुलेश्वर कुमार मण्डल ,बरिष्ठ पत्रकार शिबहरी भटराई ,प्रेस स्वतन्त्रता सेनानी वैजनाथ झा ,जिल्ला शिक्षा कार्यालयका शाखा अधिकृतद्धय दिप कुमार यादव ,देबशंकर यादव सहितकाहरुले विद्यालय भर्ना अभियानलाई सफल बनाउनुपर्नेमा जोड दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ