News Category 2074/01/06
प्रहरीको सक्रियतामा भारतीय युवक लहानबाट १२ दिनपछि अपहरण मुक्त
दैनिक समाचारदाता
राजविराज, ५ बैशाख ।
अपहरणमा परेको १२ दिनपछि एक भारतीय युवकलाई प्रहरीले सिरहा जिल्लाको लहान नगरपालिकाबाट मुक्त गराउन सफल भएको छ । भारतीय युवकको अपहरणमा संलग्न रहेको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरि मंगलबार अंचल प्रहरी कार्यालय राजविराजमा सार्वजनिक गरेको छ ।
विशेष सूचनाको आधारमा सगरमाथा अंचल प्रहरी कार्यालय राजविराजबाट खटेको प्रहरी टोलीले भारतको बिहार राज्य अन्तरगत सुपौल ग्रामपंचायत मौवा मझारी २ निवासी १८ वर्षिय प्रदिप कुमार यादवलाई अपहरणकारीको फन्दाबाट छुटाउन सफल भएको हो ।
भारतीय युवक यादवको अपहरणमा संलग्न रहेको आरोपमा प्रहरीले सिरहा लहान १५ का ३५ वर्षिय रमेश लामा, महदेवा पर्ताहाका ३५ वर्षिय किसुन देव यादव, धनगढी नगरपालिका १३ का ३५ वर्षिय जयराम यादब र सप्तरीको इटहरी विष्णुपुर ७ का २२ वर्षिय दिपु भनिने दिपनारायण यादबलाई पक्राउ गरेको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट अपहरणको घटनामा पक्राउ परेकासहित ११ जनाको संलग्नता रहेकोले उनीहरुको खोजी कार्य भइरहेको जनाएको छ ।
गत चैत २४ गते यादवलाई उनको घर सुपौलबाट दुईजना व्यक्तिले घुम्न जाउँ भन्दै नम्बर प्लेट नभएको स्कारपियो गाडीमा सिरहाको भगवानपुर गाउँपालिका ४ मा ल्याएर नेपाली अपहरणकारीहरुको जिम्मा लगाएको अंचल प्रहरी कार्यालयका एसएसपी बलराम शर्मा पौडेलले जानकारी दिनुभयो । उहाँले ती दुबै भारतीयलाई समेत भारतीय प्रहरीले पक्राउ गरिसकेको जानकारी दिनुभयो ।
अपहरणकारीले यादवका बुवासँग १२ लाख भारु फिरौति माग गरेको नेपाली फोन नम्बरबाट आएपछि छोरा अपहरणमा परेको थाहा हुने बित्तिकै अंचल प्रहरी कार्यालयमा गुहार लगाएका थिए ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका सई जवाहिर प्रसाद यादवको नेतृत्वमा खटिएको टोली र सिरहा प्रहरीको सहयोगमा यादबलाई सिरहाको लहान नगरपालिका १५ स्थित रमेश लामाको घरमा लुकाई राखेको अवस्थामा अपहरण मुक्त गराउन सफल भएको जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/28 निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
- 2082/11/28 नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुव्र्यबहार
- 2082/11/28 दलित कृषकलाई बीउबिजन र कृषि सामग्री वितरण
- 2082/11/27 सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
- 2082/11/26 पोखरीमा माछा मार्न गएका युवकको डुबेर मृत्यु
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ