News Category 2074/01/06
पत्रकारको धर्नास्थलमा व्यापाक प्रहरी परिचालन, रामसपाका अध्यक्ष भण्डारी, फोरम नेता साहद्वारा ऐक्यबद्धता
दैनिक समाचारदाता
राजविराज, ५ बैशाख ।
विगत सात दिनदेखी सप्तरीका पत्रकारहरु केन्द्रिय कार्यालयमा तालाबन्दी गरी धर्नामा बसेपछि ऐक्यबद्धता जनाउनेहरुको संख्या बढ्दै गएको छ भने मंगलबार धर्ना परिसरमा नेपाल प्रहरीको परिचालन गरिएको छ ।
मंगलबार सातौं दिन राष्ट्रिय मधेश समाजवादी पार्टीका अध्यक्ष शरत्सिंह भण्डारी, प्रवक्ता केशव झा, संघीय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य शैलेन्द्र साह, माओवादी केन्द्रका नेता महेश यादव लगायतले पत्रकारहरुको आन्दोलनप्रति धर्ना स्थलमै पुगि ऐक्यबद्धता जनाउनु भएको छ ।
यता मंगलबार बिहानैदेखी धर्ना स्थलमा तीन जना डिएसपीको नेतृत्वमा नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष डा. महेन्द्र विष्ट र प्रेस काउन्सील नेपालका निमित्त प्रमुख किशोर श्रेष्ठको इसारामा व्यापक प्रहरी परिचालन गरिएको थियो ।
सातौं दिन पनि सप्तरीका पत्रकारहरुको माँगप्रति केन्द्रिय समितिले कुनै चासो देखाएको छैन् । त्यसअघि शुक्रबार पहिलो र सोमबार दोश्रो चरणको वार्ता सम्पन्न भएपनि वार्ता निष्कर्षविहीन टुङ्गिएको थियो ।
यसअघि सप्तरीका पत्रकारहरुको आन्दोलनप्रति सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादव, फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादव, फोरम प्रदेश नं. २ का प्रमुख रेणु कुमारी यादव, फोरम लोकतान्त्रिकका सांसद जितेन्द्र नारायण देव, डा. सुवोद कुमार पोखरेल, काँग्रेसका सांसद रन्जित कर्ण, पत्रकार महासंघका पूर्वसचिव रामजी दाहाल, प्रेस युनियनका सचिव खिला कार्की, पत्रकार केदार कोइराला, सांसद जनकराज चौधरी, योगेन्द्र चौधरी, प्रेस सेन्टरका महासचिव विष्णु सापकोटा लगायतका व्यक्तिहरु सप्तरीका पत्रकारहरुको माँग बारे चासो राख्दै ऐक्यबद्धता जनाउनुभएको थियो ।
नेपाल पत्रकार महासंघ सप्तरीमा अबैधानिक हस्तक्षेप बन्द गर्न, नयाँ सदस्यता तथा नविकरणमा देखिएको विवाद, नेपाल पत्रकार महासंघ सप्तरीमा बहुमत कार्यसमितीले गरेको निर्णयलाई कार्यान्वयन गर्न लगायतको माँग राख्दै धर्ना बसेका हुन् । यस्तै दुई तिहाई भन्दा बढी सदस्यहरुको निर्णय तथा पूर्व सभापतिहरुको सुझाव समेतलाई लत्याउदै महासंघको केन्द्रिय समितीले एकलौटी रुपमा अनाधिकृत तवरले हस्तक्षेप गर्न खोजेको भन्दै आन्दोलनमा उत्रनु परेको महासंघ सप्तरीका कार्यवाहक अध्यक्ष श्रवणकुमार देवले बताउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/28 निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
- 2082/11/28 नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुव्र्यबहार
- 2082/11/28 दलित कृषकलाई बीउबिजन र कृषि सामग्री वितरण
- 2082/11/27 सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
- 2082/11/26 पोखरीमा माछा मार्न गएका युवकको डुबेर मृत्यु
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ