News Category 2074/01/07
हतियारसहित दुई जना अपहरणकारी पक्राउ
दैनिक समाचारदाता
राजविराज, ६ बैशाख ।
सप्तरीको गम्हरिया प्रवाहा वडा नं ६ हाल डाक्नेश्वरी नगरपालिका वडा नं ८ स्थित बस्ने २६ वर्षिय दुर्गा प्रसाद साहलाई अपहरण गर्ने दुई जना अपहरणकारीलाई हतियार सहित प्रहरीले पक्राउ गरेको छ ।
साह आफ्नै घरमा सुतिरहेको अवस्थामा दुई चार जनाको समुहमा हतियार लिएर आएकाहरुले डर त्रास देखाएर घरबाट अपहरण गरि बेपत्ता बनाएको भन्ने सुचनाको आधारमा खटिएको प्रहरी टोलीले दुई जना अपहरणकारीलाई हतियार सहित पक्राउ गरेको हो ।
प्रहरीको टोलीले चारैतर्फ घेरा हाली खोजतलास गर्ने क्रममा अपहरणमा संलग्न सप्तरीको जमुनी मधेपुरा ६ हाल ईटहरी बिष्णुपुर गाउपालिका १ बस्ने २२ बर्षिय मो.जुम्राती मिया र कल्याणपुर गाबिस ३ हाल खड्क नगरपालिका ७ बस्ने २२ वर्षिय मो.मन्जुर मियाले साथमा बोकेको कटुवा पेस्तोल १ थान र सो पेस्तोलमा लाग्ने गोली राउण्ड २ थान समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यता पक्राउ परेका दुवै जनालाई अपहरण तथा शरिर बन्धक मुद्दामा जिल्ला अदालत सप्तरीबाट म्याद थप गरि थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/06 सप्तरीको चारै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण ढंगले उम्मेदवारी दर्ता
- 2082/10/06 डाक्नेश्वरीको सबै स्वास्थ्य चौकीमा सात दिन भित्रै औषधी उपलब्ध गराइने
- 2082/10/06 वृद्धको रहस्यमय मृत्यु
- 2082/10/06 जीर्ण सडक निर्माणका लागि दुई दिनदेखि सडकमै खाट र ढाट
- 2082/10/06 चित्रगुप्त सेवा समितिद्वारा मधेशका दुई मन्त्री सम्मानित
- 2082/10/05 मनोनयन प्रक्रियादेखी मतगणना प्रक्रियासम्म सबै सुरक्षा व्यवस्थापनको तयारी
- 2082/10/05 सप्तरी २ बाट उम्मेदवारी दिन्छु ः पूर्वमुख्यमन्त्री सिंह
- 2082/10/05 राजविराज बसपार्क यथासिघ्र संचालनमा ल्याउने मन्त्री सुमनको प्रतिबद्धता
- 2082/10/05 मेयरकप फुटबल प्रतियोगितामा शम्भुनाथ विजयी
- 2082/10/05 प्रधानमन्त्री कप जिल्ला छनोट क्रिकेटमा शम्भुनाथ बिजयी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ