News Category 2074/01/08
सहमतिपछि महासंघको ताला खुल्यो
दैनिक समाचारदाता
राजविराज, ७ बैशाख ।
नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यालय काठमाडौमा ९ दिनदेखी लागेको ताला बिहिबार पाँच बुँदे सहमतिपछि खुलेको छ ।
बिद्यान सम्मत तरीकाले शाखाको अधिबेशन सम्पन्न गर्नु पर्ने लगायतका माँग राखी गत चैत्र ३० गते सप्तरीका क्रियाशिल पत्रकारहरुले लगाएको ताला पाँच बुँदे सहमती पश्चात खुलेको हो ।
नेपाल पत्रकार महासंघ केन्द्र र सघर्ष समिती बिच भएको पाँच बुँदे सहमती ंअनुसार आगामी बैशाख २० गते शाखा सप्तरीको अधिबेशन सम्पन्न गर्ने, सप्तरी शाखाका बाँकी रहेका सबै सदस्यहरुको नबिकरण गर्ने सहमती भएको छ ।
यसैगरी नयाँ सदस्यका लागी आबेदन दिएका सबै पत्रकारहरुको सप्तरी शाखा कार्य समिती बैठकबाट सहमतीमा बिद्यान सम्मत निर्णय गरी केन्द्रिय समितिमा सिफारिस गरेपछि मात्र हुने, सदस्यता बिबादले अधिबेशन नरोकिने लगायतको सहमती भएपछी महासंघ केन्द्रिय कार्यालयमा गत चैत्र ३० गते देखी लागेको ताल खुलेको संघर्ष समितीका अबधेश कुमार झाले जानकारी दिनुभयो ।
सहमती सार्बाजानिक पश्चात् बोल्दै माहासंघका केन्द्रिय अध्यक्ष डा. महेन्द्र बिष्टले महासंघ र संघर्ष समिती बिच भएको सम्झौता कार्यन्वयन गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । उहाँले पत्रकार महासंघ सबैको साझा संगठन भएकोले कसैले पनि हिन्ताबोध नगरी पत्रकारहरुको हकहितमा लाग्न सबैलाई आग्रह समेत गर्नुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ