News Category 2074/01/09
राष्ट्रिय जनता पार्टी सप्तरीका नेताहरुको भेला सम्पन्न, १७ वटै केन्द्रमा आन्दोलन परिचालन समिति गठन
दैनिक समाचारदाता
राजविराज, ८ बैशाख ।
बिहीबार मात्र ६ वटा मधेशवादी दलहरु एकीकरण भएर निर्माण भएको राष्ट्रिय जनता पार्टी सप्तरीका नेता कार्यकर्ताहरुको बृहत भेला शुक्रबार राजविराजमा सम्पन्न भएको छ ।
भेलाले सबै मातहतका नेता तथा कार्यकर्ताहरुलाई एक ढिक्का भई राष्ट्रिय जनता पार्टीलाई संगठित रुपमा अगाडी बढाउनका लागि एक जुट हुनुपर्ने सर्वसम्मतबाट निर्णय गरेको छ ।
सोही भेलाबाट स्थानीय निकायको निर्वाचन हुन नदिनका लागि १७ वटा केन्द्रमा आन्दोलन परिचालन समिति गठन गर्ने निर्णय गरिएको छ ।
यस्तै भेलाबाटै आगामी बैशाख ३१ गते हुने स्थानीय निकायको निर्वाचनका लागि बैशाख १६ गते हुन लागेको उम्मेदवारको नामावली दर्ता रोक्न तथा निर्वाचन कार्यालय स्थापना हुन नदिनका लागि जिल्लादेखि गाउँस्तर सम्मका नेता कार्यकर्ताहरुलाई निर्देशन दिईएको छ ।
राष्ट्रिय जनता पार्टीका नेता मृगेन्द्र कुमार सिंह यादवको अध्यक्षतामा आयोजित सो भेलामा पार्टीका नेताहरु जय प्रकाश ठाकुर, गजेन्द्र कुमार मण्डल, गंगाराम यादव, राम नारायण यादव, दिपेन्द्र चौधरी, दिनेश यादव, हरी राय, भिमराज यादव, गुजाई दास, कुमरकान्त मिश्रा, कपिलदेव यादव, नरेन्द्र यादव, सुरेश कुमार सिंह, अमरकान्त झा, नेत्रविक्रम साह, बिजय यादव, महिलानेतृ पुनम यादव सहितकाले सुझाव दिनुभएको थियो ।
त्यस्तै नेताहरु रामपृत यादव, सुनिल कुमार झा, तेज नारायण यादव, जिवछ यादव, अमरनाथ मण्डल, किशोर कुमार यादव सहितका नेताहरुको उपस्थिति रहेको थियो । महिलानेतृ साधना झाद्वारा संचालित सो भेलामा स्वागत मन्तव्य हरेराम यादवले ब्यक्त गर्नुभएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/18 नेपालकै पहिलो टाउन प्लानिङ राजविराज नगरपालिका , दशकौदेखी बसोवास गर्दै आएका नगरवासीले लालपूर्जा माग्दै प्रदर्शन पश्चात् गरे पालिकामा तालाबन्दी
- 2083/02/18 हरचवाचरवाद्वारा सप्तरीसहित मधेशका ८ वटै जिल्लामा एकै साथ मागपत्र पेश
- 2083/02/18 बारा १० विकेटले बिजयी
- 2083/02/14 थोरै लगानीमा बढी आम्दानी दिने “सनपात” खेती संकटमा
- 2083/02/14 ...अनि श्रीमतीसँग माफी मागें
- 2083/02/14 महिला टी–ट्वान्टी छनोट क्रिकेट प्रतियोगितामा सिरहा र धनुषा बिजयी
- 2083/02/13 अनिताको हत्या आरोपमा छिमेकी पक्राउ
- 2083/02/13 ‘ज्येष्ठ नागरिक’ शब्द कायम गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन
- 2083/02/13 वर्तमान अवस्थामा पत्रकारिता पेशा अत्यन्त नाजुक ः वक्ताहरु
- 2083/02/13 बाढीबाट हुने क्षति रोक्न सुझाव संकलन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ