News Category 2074/01/10
मतदाता शिक्षा सम्बन्धी कार्यक्रम बिथोल्ने क्रममा प्रहरीको कुटाईबाट मोर्चाका चार नेता घाईते
राजविराज÷संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले शनिबार राजविराजमा मतदाता शिक्षा सम्बन्धी कार्यक्रम बिथोलेको छ ।
स्थानिय केअ माविमा संचालन भइरहेको उक्त मतदाता शिक्षा कार्यक्रममा मोर्चाका नेता कार्यकर्ताहरुले बिथोल्न खोज्दा प्रहरीसँग झडप समेत भएको छ । मतदाता शिक्षा सम्बन्धी रजिष्टर र म्यानुट मोर्चाका नेताहरुले च्यातेपछि प्रहरीसँग झडप सुरु भएको हो ।
झडपमा प्रहरीले मोर्चाका चार जना नेता कार्यकर्ताहरुलाई कुटपिट गरेको छ । सो कुटपिटबाट मोर्चाका बिनोद यादव, शम्भु यादव, मनोज राउत र अशोलाल यादव गम्भिर घाइते भएका छन् । उनीहरुलाई तत्कालै राजविराजस्थित गजेन्द्र नारायणसिंह सगरमाथा अंचल अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । अस्पतालमा उनीहरुको उपचार सम्भव नभएपछि धरान रेफर गरिएको मोर्चाले जनाएको छ ।
यता प्रहरीले मोर्चाका नेताहरुलाई कुटपिट गरेको बिरोधमा शनिबार दिउँसो मोर्चाले राजविराजमा बिरोध प्रदर्शन समेत गरेको छ । राजविराजस्थित विभिन्न चौकमा मोर्चाले टायर बालेर बिरोध प्रदर्शन गर्दै प्रहरी बिरुद्ध नाराबाजी गर्दै नगर परिक्रमा गरेको थियो ।
उनीहरुले जिल्ला प्रहरी कार्यालय सप्तरी अगाडी एक घण्टा चक्काजाम गर्दै बिरोध प्रदर्शन गरेका थिए ।
यस्तै राष्ट्रिय जनता पार्टी (राजपा) ले विराटनगरमा निर्वाचन सामाग्री जलाउनुका साथै कर्मचारीहरुलाई धपाएका छन् ।
विराटनगर सरोचियास्थित शैलेस मन्दिर अगाडि निर्वाचन सम्बन्धी गतिविधि गर्न गएका कर्मचारीहरुसँग रहेका सम्पूर्ण सामाग्री खोसेर राजपाका कार्यकर्ताहरुले जलाएका छन् । शनिबार विहान सवा ११ बजे सामाग्रीहरु जलाइएको छ ।
श्रोतका अनुसार राजपाका कार्यकर्ताहरुले निर्वाचनमा खटेका कर्मचारीलाई हातपात गर्न खोज्दा भागेका थिए । कर्मचारीहरुले नै प्रहरीलाई बोलाएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/18 नेपालकै पहिलो टाउन प्लानिङ राजविराज नगरपालिका , दशकौदेखी बसोवास गर्दै आएका नगरवासीले लालपूर्जा माग्दै प्रदर्शन पश्चात् गरे पालिकामा तालाबन्दी
- 2083/02/18 हरचवाचरवाद्वारा सप्तरीसहित मधेशका ८ वटै जिल्लामा एकै साथ मागपत्र पेश
- 2083/02/18 बारा १० विकेटले बिजयी
- 2083/02/14 थोरै लगानीमा बढी आम्दानी दिने “सनपात” खेती संकटमा
- 2083/02/14 ...अनि श्रीमतीसँग माफी मागें
- 2083/02/14 महिला टी–ट्वान्टी छनोट क्रिकेट प्रतियोगितामा सिरहा र धनुषा बिजयी
- 2083/02/13 अनिताको हत्या आरोपमा छिमेकी पक्राउ
- 2083/02/13 ‘ज्येष्ठ नागरिक’ शब्द कायम गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन
- 2083/02/13 वर्तमान अवस्थामा पत्रकारिता पेशा अत्यन्त नाजुक ः वक्ताहरु
- 2083/02/13 बाढीबाट हुने क्षति रोक्न सुझाव संकलन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ