News Category 2074/03/11
बोक्सीको आरोपमा महिलालाई कुटपिट, दोषीलाई प्रहरीको संरक्षण
राजविराज÷सप्तरीको सुरुंगा नगरपालिका ३ लक्ष्मीपुर बस्ने विनादेवी यादवलाई कथित बोक्सीको आरोपमा उनकै छिमेकीहरुले मरनासन हुने गरी निर्घात कुटपिट गरेका छन ।
स्थानीय फौदी यादवका बुहारीलाई भूत लगाइदिएको भन्दै स्थानीय सत्यनारायण यादव, तेजनारायण यादव, रानीवत्ती यादव, ललिता यादव, गेना यादव, ककुलती यादव, जिवछी यादवलगायत दर्जनौको एक समूहले विनादेवीलाई मरनासन कुटपिट गरेको हो ।
स्थानीय कपलेश्वर धामीले झाक्री बसेको बेला छिमेकीको कर्तुत रहेको भनेपछि फौदी यादवलगायतका घरपरिवारले विनादेवीलाई दुई दिनदेखि गालीगलौज गर्दै आएका थिए । दुई दिनदेखि चल्दै आएको गालीगलौजपछि शुक्रवार विवादकै क्रममा फौदी यादवपक्षले विनादेवीको घरमै पुगेर मरनासन कुटपिट गरेको पीडितका पति मोतीलाल यादवले बताउनुभयो ।
विभिन्न किसिमको वात लगाएपछि फौदी यादवलगायतका समूहले विना यादवलाई कथित बोक्सी भनेर मरनासन कुटपिट गर्दा प्रतिकारमा केही व्यक्तिमाथी समान्य चोट लागेको छ । कुटपिटमा संलग्न लक्ष्मीपुर चौकीले दुई जनालाई नियन्त्रणमा लिएपनि राजनीतिक दवावको कारण केही छिनमा रिहा गरिएकोे छ ।
यता प्रहरीले यसरी अपराधीलाई संरक्षण गर्दै गरियो भने न्याय पाउन कहा जानु पर्ला पीडितका देवर धनिकलाल यादवले गुनासो पोखेका छन् । पीडित विना यादवलाई उपचारको लागि सिरहाको लहानको एक अस्पतालमा भर्ना गरिएको छ भने उनको टाउंकोमा ९ वटा टांका लागेको छ । हात र छातीमा समेत चोट लागेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/27 सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
- 2082/11/26 पोखरीमा माछा मार्न गएका युवकको डुबेर मृत्यु
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ