News Category 2074/03/12
विभिन्न पार्टी परित्याग गरि दुई दिनमा दुई हजार पाँच सय राजपामा प्रवेश
दैनिक समाचारदाता
राजविराज, ११ असार ।
राष्ट्रिय जनता पार्टी नेपालले सप्तरीमा दुई दिनमा करिब दुई हजार पाँच सय व्यक्तिलाई आफ्नो पार्टीमा प्रवेश गराएको दाबी गरेको छ ।
पार्टीका शिर्ष नेताहरुको उपस्थितिमा शनिबार र आइतबार जिल्लाको चार ठाउँमा पार्टी प्रवेश कार्यक्रम र जनसभा कार्यक्रम मार्फत विभिन्न पार्टी परित्याग गरेर सो संख्यामा व्यक्तिहरु राजपा नेपालमा प्रवेश गरेको पार्टीका केन्द्रिय सहमहासचिव गजेन्द्र मण्डलले दाबी गर्नुभयो ।
शनिबार जिल्लाको मलेठ, आइतबार कंचनपुरको बलुवा, महुली र शम्भुनाथ नगरपालिकाको कठौना बजारमा राजपाले स्थानिय स्तरमा आयोजना गरेको कार्यक्रममा एमाले, काँग्रेस, राप्रपा, संघीय समाजवादी फोरम नेपाल पार्टी परित्याग गरि करिब २ हजार ५ सय नेता कार्यकर्ताहरु राजपा नेपालमा प्रवेश गरेको पार्टीका नेता अमरनाथ मण्डलले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “पार्टीले उठाउँदै आएको मधेशको मुद्दा मधेशी जनताहरु समक्ष बुझाउन सफल भएकै कारण अहिले राजपाप्रति मधेशी जनताको विश्वास बढ्दै गएको छ ।”
सप्तरीको विभिन्न ठाउँमा सम्पन्न पार्टी प्रवेश कार्यक्रममा सहभागि हुन राजपा नेपालका अध्यक्ष मण्डलका सदस्यहरु राजेन्द्र महतो, महेन्द्र राय यादव, शरत्सिंह भण्डारी, अनिल कुमार झा र राजकिशोर यादव शनिवार सप्तरी आउनु भएको हो ।
आइतबार मात्रै जिल्लाको कंचनपुर बलुवामा ५ सय, महुलीमा ५ सय, कठौनामा १ हजार र शनिबार मलेठमा ५ सय नेता÷कार्यकर्ताहरुलाई राजपाले पार्टीमा भित्राएको राष्ट्रिय सहमहासचिव मण्डलले ठोकुवा गर्नुभयो ।
शम्भुनाथ कठौनामा संघीय समाजवादी फोरम नेपालका नगर कमिटी अध्यक्ष चन्द्रकान्त मण्डल चन्दर, जिल्ला सदस्य बिष्णुकान्त गुप्ता लगायत फोरम क्रियाशील सदस्य २५० जना र कांग्रेस, एमाले, माओवादी केन्द्र र राप्रपाबाट २ सय ५० जना तथा बसवलपुरका निवर्तमान गाविस अध्यक्ष राम प्रसाद चौधरी, रामपुर जमुवाका भुपु गाबिस अध्यक्ष कैलु सदा, निवर्तमान वडा अध्यक्ष उमाकान्त मण्डल लगायतहरु प्रवेश गरेको जनाइएको छ ।
यसअघि शनिबार एमाले परित्याग गरेर मलेठका शम्भु यादव (लाली) सहित करिब ५ सयको संख्यामा राजपामा प्रवेश गरेका थिए भने यसअघि राजविराज १ का चन्द्रशेखर चौधरी (चन्दर) राप्रपा परित्याग गरि सोही पार्टीमा प्रवेश गर्नुभएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/02/25 कार्यवाहक मेयर र निलम्बित मेयर आमने सामने राजविराज नगरपालिकामा कर्मचारीको धर्ना र निलम्बित मेयरको तालाबन्दी
- 2082/02/24 अस्पतालबाट स्वास्थ्य विमाको लाभ पाउँदैनन् बिरामी
- 2082/02/24 संघीयताकै कारण राज्यको हरेक निकायमा सबै वर्ग समुदायको अनुहार हेर्न पाएका छन् ः मन्त्री लेखी
- 2082/02/24 आम संचार प्राधिकरणका नवनियुक्त सदस्य गुप्ता युनियन सप्तरीद्वारा सम्मानित
- 2082/02/23 प्रशासकीय र योजना अधिकृतलाई कारवाहीसहित विभिन्न ११ बुदे माग राख्दै कर्मचारी आन्दोलनमा
- 2082/02/23 परीक्षा दिन जाँदै गरेकी एक विद्यार्थीको ट्याक्टरको ठक्करबाट मृत्यु
- 2082/02/23 वेपत्ता दुई मध्ये एक प्रहरीको शव फेला
- 2082/02/23 विद्यालयका छात्राहरुलाई व्याग वितरण
- 2082/02/23 अनुमति बिना संचालनमा रहेका दुई निजि विद्यालय बन्द
- 2082/02/23 डाकाको प्रतिकारमा उत्रिएका कन्तलालको गोलीका साथै घरेलु हतियार प्रयोग गरि हत्या, भाई गम्भिर
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ