News Category 2070/09/02
सभासद् मण्डलद्वारा क्षेत्रको समग्र विकासको सन्दर्भमा सर्बपक्षिय अन्तरक्रिया
दैनिक संवाददाता
राजविराज, १ पुस ।
एकिकृत नेकपा माओवादीका केन्द्रीय सदस्य तथा सप्तरी क्षेत्र नम्बर २ का नवनिर्वाचित सभासद् अशोक कुमार मण्डल(अमर)ले सोमवार सँगै चुवान लडेका बिभिन्न दलका प्रतिष्पर्धी, स्थानिय अगुवा तथा सञ्चारकर्मी लगायतसँग सो क्षेत्रको समग्र बिकासको सन्दर्भमा अन्तरक्रिया गर्नुभएको छ ।
हनुमाननगरस्थित माविको प्राङगणमा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागि बिभिन्न दलका प्रतिष्पर्धी, स्थानियबासी तथा सञ्चारकर्मीहरुले संबिधान निर्माण र क्षेत्रको विकासमा केन्द्रीत हुन आग्रह गरेका छन् । कार्यक्रममा सभसाद् मण्डलले आफुले संबिधानसभाको बैठकमा जनताको आवाजलाई जोडदार रुपमा उठाउने र संबिधानसभाको बैठक सकिएपछि नियमित रुपमा जनताको बिचमा आएर बिकास निर्माणको कामलाई गति दिने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
उहाँले जनताले बिश्वास गरेर आफुलाई जिताएकोले आफु जनतासँग कहिले विश्वासघात नगर्ने उद्घोष गर्नुहुँदै आफुबाट कुनै किसिमको गल्ती भएर तत्काल सचेत गराउन सबैसँग आग्रह गर्नुभयो ।
सो अवसरमा सभासद् मण्डलसँगै चुनाव लड्नु भएका राप्रापाका सकिल अली, शान्ति लिगं नेपाल पार्टीका ओमनारायण मंडल, संघीय सद्भावना पार्टीका जगत पैकरा, तराई मधेश सद्भावना पार्टीका कबितादेवी प्रमाणी, स्वतन्त्र प्रतिष्पर्धी हेमन्त जैनले क्षेत्रको विकास सँगै जनताका मुलभुत समस्या समाधानमा सभासद् मण्डलसँग हातेमालो गरेर अघि बढ्न तयार रहेको प्रतिबद्ध ब्यक्त गर्नुभयो ।
सो अवसरमा अधिबक्ता भुपेन्द्र नारायण मण्डल, बरिष्ठ पत्रकार शिबहरि प्रसाद भट्टराई, प्रेस काउन्सिल नेपालका सदस्य मुरली प्रसाद यादव, स्थानिय युवा नेता राजनारायण साह, पुर्व इन्जिनियर मो. गणि लगायतले जनताको पक्षमा संबिधान निर्माण र बिकास निर्माणको काममा ध्यान दिन सभासद् मण्डललाई सुझाब दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
- 2082/10/13 सप्तरी निर्वाचन क्षेत्र नं. १ मा रोचक प्रतिस्पर्धा नयाँ र पुराना दल आमने–सामने
- 2082/10/13 बरख गणद्वारा न्यानो कपडा वितरण
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ