News Category 2070/09/02
सरसफाई र शिक्षा ध्यान दिन दलित समुदायस“ग सभासद् यादवको आग्रह
दैनिक संवाददाता
राजविराज, १ पुस ।
एकिकृत नेकपा माओवादीका केन्द्रीय सदस्य तथा सप्तरी क्षेत्र नम्बर ३ का नवनिर्वाचित सभासद् उमेश कुमार यादवले बस्तीको सरसफाईमा ध्यान दिन र बालबालिकाहरुलाई नियमित बिद्यालय पठाउन डुम तथा मेहत्तर समुदायसँग आग्रह गर्नुभएको छ ।
राजविराज कारागारसँगै टाँसिएको डुम तथा मेहतर जातीको बस्तीमै पुगेर सभासद् यादवले यस्तो आग्रह गर्नुभएको छ ।
स्थानिबासीहरुसँगको अन्तरक्रियामा गर्नुहुँदै सभासद् यादवले बस्तीको सरसफाईमा ध्यान दिन र बालबालिकाहरुलाई नियमित बिद्यालय पठाउन स्थानियहरुसँग आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो–‘‘ बजार तपाईहरुले सफा गर्नुहुन्छ, तर तपाईहरुको बस्ती नै फोहोर रहेकाले आफ्नो बस्तीको सरसफाईमा पनि ध्यान दिनुहोस् ।” सँुगुर पाल्नुस् तर व्यवस्थित र बैज्ञानिक ढंगबाट गर्नुस् त्यसका लागि मलाई के गर्नुपर्ला त्यो तपाईहरुले भन्नुस् म गर्न तयार छु, सभासद् यादवको भनाई थियो ।
शिक्षामा पहुँच हुन सकेमात्र समाजको विकास सम्भव हुने भएकाले आफ्नो बालबालिकाहरुलाई नियमित बिद्यालय पठाउनुस् उहाँले भन्नुभयो–‘‘ सरसफाई र शिक्षामा ध्यान पु¥याउन सक्नु भयो भने समाजमा रहेको जातीय बिभेद अन्त्य हुँदै समाजिक रुपान्तरण हुनेछ ।”
स्थानिय मनोज कुमार मेहत्तरको अध्यक्षतामा आयोजित अन्तरक्रिया कार्यक्रममा सभासद् यादवले डुम तथा मेहत्तर जातीका बालबालिकाहरुलाई शैक्षिक सामग्री समेत बितरण गर्नुभयो ।
सरसफाई र शिक्षाको क्षेत्रमा पछाडी परेका डुम र मेहत्तर जातीको बालबालिकाहरुमा पढ्ने बानीको बिकास होस् भन्ने उद्देश्यले आफुले सो बस्तीका बालबालिकाहरुलाई शैक्षिक सामग्री प्रदान गरेको सभासद् यादवले बताउनुभयो ।
सो क्रममा डुम र मेहतर जातीका अगुवाहरुले पहिलो पटक आफुहरुले आफ्नै बस्तीमा जनप्रतिनिधीलाई पाएपछि उत्साहित भएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
- 2082/10/13 सप्तरी निर्वाचन क्षेत्र नं. १ मा रोचक प्रतिस्पर्धा नयाँ र पुराना दल आमने–सामने
- 2082/10/13 बरख गणद्वारा न्यानो कपडा वितरण
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ