News Category 2070/10/21
यातायात संघद्वारा प्रहरीको ज्यादती बिरुद्ध आन्दोलन गर्ने चेतावनी
दैनिक संवाददाता
राजविराज, २० माघ ।
सगरमाथा यातायात संघले प्रधान कार्यालय राजविराजले प्रहरीको ज्यादती बिरुद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ ।
संघले सोमबार जिल्ला प्रशासन कार्यालय सप्तरीलगायत १० यातायात संघलाई बोदार्थ गरि बुझाएको ज्ञापनपत्रमा ५ बुँदे माग राखि यातायात व्यवसायीप्रति प्रहरी सकारात्मक नभए आन्दोलन गर्ने चेतावनी दिएको हो ।
बुझाइएको ज्ञापनपत्रमा झुम्का कारागारमा रहेका संघका व्यवसायीलाई रिहा, संघका निर्वाचन अधिकृत र बस व्यवसायी, मजदुरहरुलाई अमानविय ढंगले थुन्ने प्रहरी अधिकृतमाथि कारवाही, प्रहरी ज्यादती बन्द गरि स्वतन्त्रतापूर्वक हिडडुल गर्ने अधिकार, प्रहरीको गाली गलौजको भाषा बन्द र ना. १ ख. ९३९९ नंम्बरको बस खलासीलाई बिना कारण तीन दिनदेखी तारेखमा राखि हैरान गरेको उल्लेख छ ।
यस्तै सगरमाथा यातायात संघ आवद्ध बस व्यवसायी नारायण यादव र रमाकान्त यादवको स. १ ख. ५१८ नम्बरको बस २०६९ साल फागुन ७ गते दुर्घटना हुँदा कागजपत्र र बिमाको कागज हुँदा हुँदै जिल्ला प्रशासन कार्यालय सुनसरीले एक पक्षिय फैसला गरि १५ लाख धरौटी माग गर्दै थुनामा राखेको ज्ञापनपत्रमा जनाइएको छ । यसैगरि संघको साधारण सभा संचालन रहने क्रममा यही पुस २४ गते संघको प्रमुख निर्वाचन आयुक्त सतिश दत्तलाई तथा माघ १४ गते राती बस व्यवसायी सन्तोष सिन्हा र मजदुर संगठनका अध्यक्ष धिरेन्द्र बर्मालाई घर जाने क्रममा पक्राउ गरेको घटनाले प्रहरी प्रशासनको ज्यादती बढ्दै गएको प्रति संघ अति दुखित भएको ज्ञापनपत्रमा उल्लेख छ ।
सोही ज्ञापनपत्रमा प्रहरीले आफ्नो आचारण सुधार गर्न सुझाव संकलन कार्य गर्ने देखावा गरि जनताको आँखामा धुलो छाड्ने कार्य गरेको जनाउँदै बाटोमा हिड्ने बटुवालाई हप्काई, धम्काई थुनामा राख्ने अमानविय गतिविधी बढ्दै गएको प्रति चिन्ता व्यक्त गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
- 2082/12/01 श्रोत नखुलेको रकमसहित एक पक्राउ
- 2082/11/28 निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
- 2082/11/28 नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुव्र्यबहार
- 2082/11/28 दलित कृषकलाई बीउबिजन र कृषि सामग्री वितरण
- 2082/11/27 सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ