News Category 2070/10/21
यातायात संघद्वारा प्रहरीको ज्यादती बिरुद्ध आन्दोलन गर्ने चेतावनी
दैनिक संवाददाता
राजविराज, २० माघ ।
सगरमाथा यातायात संघले प्रधान कार्यालय राजविराजले प्रहरीको ज्यादती बिरुद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ ।
संघले सोमबार जिल्ला प्रशासन कार्यालय सप्तरीलगायत १० यातायात संघलाई बोदार्थ गरि बुझाएको ज्ञापनपत्रमा ५ बुँदे माग राखि यातायात व्यवसायीप्रति प्रहरी सकारात्मक नभए आन्दोलन गर्ने चेतावनी दिएको हो ।
बुझाइएको ज्ञापनपत्रमा झुम्का कारागारमा रहेका संघका व्यवसायीलाई रिहा, संघका निर्वाचन अधिकृत र बस व्यवसायी, मजदुरहरुलाई अमानविय ढंगले थुन्ने प्रहरी अधिकृतमाथि कारवाही, प्रहरी ज्यादती बन्द गरि स्वतन्त्रतापूर्वक हिडडुल गर्ने अधिकार, प्रहरीको गाली गलौजको भाषा बन्द र ना. १ ख. ९३९९ नंम्बरको बस खलासीलाई बिना कारण तीन दिनदेखी तारेखमा राखि हैरान गरेको उल्लेख छ ।
यस्तै सगरमाथा यातायात संघ आवद्ध बस व्यवसायी नारायण यादव र रमाकान्त यादवको स. १ ख. ५१८ नम्बरको बस २०६९ साल फागुन ७ गते दुर्घटना हुँदा कागजपत्र र बिमाको कागज हुँदा हुँदै जिल्ला प्रशासन कार्यालय सुनसरीले एक पक्षिय फैसला गरि १५ लाख धरौटी माग गर्दै थुनामा राखेको ज्ञापनपत्रमा जनाइएको छ । यसैगरि संघको साधारण सभा संचालन रहने क्रममा यही पुस २४ गते संघको प्रमुख निर्वाचन आयुक्त सतिश दत्तलाई तथा माघ १४ गते राती बस व्यवसायी सन्तोष सिन्हा र मजदुर संगठनका अध्यक्ष धिरेन्द्र बर्मालाई घर जाने क्रममा पक्राउ गरेको घटनाले प्रहरी प्रशासनको ज्यादती बढ्दै गएको प्रति संघ अति दुखित भएको ज्ञापनपत्रमा उल्लेख छ ।
सोही ज्ञापनपत्रमा प्रहरीले आफ्नो आचारण सुधार गर्न सुझाव संकलन कार्य गर्ने देखावा गरि जनताको आँखामा धुलो छाड्ने कार्य गरेको जनाउँदै बाटोमा हिड्ने बटुवालाई हप्काई, धम्काई थुनामा राख्ने अमानविय गतिविधी बढ्दै गएको प्रति चिन्ता व्यक्त गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/05/30 प्रमुख प्रशासकीय अधिकृत अनुभवी नरहेको भन्दै कावा नगरप्रमुखले मन्त्रालयलाई लेखे पत्र
- 2082/05/30 फोहर व्यवस्थापनका लागि नगरपालिकाले विशेष सरसफाई अभियान चलाउने
- 2082/05/30 डिभाईडरमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
- 2082/05/29 राजविराज नगरपालिका कार्यालयमा ३० करोड भन्दा बढीको क्षति, ११ लाख नगदसहित तीस वटा सवारीसाधन जलेर नष्ट
- 2082/05/29 कारागार क्षेत्रमा कफ्र्यु आदेश
- 2082/05/29 राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा प्रवाह स्थगन
- 2082/05/27 आन्दोलनका क्रममा चोरी तथा लुटपाट गरेर लगेका सम्पत्ति सात दिन भित्र बुझाउन प्रशासनको चेतावनी
- 2082/05/27 थप १५ जना कैदीबन्दी पक्राउ, एक कैदी मृत फेला
- 2082/05/26 स्थानीय प्रशासनले कफ्र्यु खुकुलो पारेपछि किनमेल गर्दै सर्वसाधारण
- 2082/05/26 फरार ४२ जना कैदीबन्दी पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ