News Category 2076/04/19
सप्तरीलाई “कृषि हव” को रुपमा प्रोत्साहन गर्नु आवश्यक
सप्तरी जिल्ला आर्थिक श्रोतले धनी नभएपनि यहाँको कृषि क्षेत्रमा लगानी गर्न सकियो भने मुलुकको एउटा अन्न भण्डारको रुपमा पुनः सबल हुने देखिन्छ । दुई दशकअघि यस जिल्लालाई अन्न भण्डारको रुपमा चिनिने गरिन्थ्यो । यहाँको जमिनमा जुन सुकै पनि मौसमका कुनै पनि अन्न उत्पादन गर्न सक्ने उर्भरा शक्ति रहेको छ । धान खेतीको विषयमा यहाँ मौसमी धान खेती बाहके चैते धान समेत उत्पादन हुने गरिन्छ । तर, सिंचाईको उचित व्यवस्था र समयमा कामदार उपलब्ध नहुँदा यहाँका किसानहरु अहिले जसोतसो आफूलाई पुग्ने मौसमी धान खेती गर्ने गरेको पाइन्छ । त्यस्तै गहुँको उब्जनी पनि यहाँ निकै हुने गरेको छ । र यसमा पनि सम्बन्धीत निकायले उचित प्रवद्र्धन गर्न नसक्दा यो खेती पनि व्यक्तिगत रुपमै सीमित हुन पुगेको छ ।
यस बाहेक सप्तरीमा आँप उत्पादन पनि मुलुक भरिमा धेरै हुने गर्दछ । अहिले पनि आँपको राजा उपनामले सप्तरीलाई चिनिने गरिन्छ । यहाँ हरेक प्रकारको आँप फल्ने गर्दछ । जुन आँप मुलुकको कुनै पनि जिल्ला उत्पादन हुँदैन् त्यो आँप यहाँ उत्पादन हुनेगर्दछ । यहाँ उत्पादन भएको आँप नेपाल भरि आयात हुने गर्दछ । प्राय गरि काठमाडौंमा सप्तरीको आँपको बढी आयात हुने गर्दछ । यस जिल्लामा मालदह, बम्बई, कलकतिया, कृष्णभोग, अम्रपाली, दसहरि लगायतका आँपको उत्पादन हुने गर्दछ । त्यस्तै यहाँ माछापालन गर्ने वातावरण समेत रहेको छ । जनकपुरको माछा पछि सप्तरीको माछा समेत नेपालमै प्रख्यता रहेको छ ।
तसर्थ सम्बन्धीत निकायले सप्तरीलाई कृषि हवको रुपमा परिणत गर्न ध्यान दिन सके भने प्रदेश २ को मात्र नभएर नेपालकै कृषि क्षेत्रमा सप्तरीले ठूलो ठेवा पु¥याउने कुरामा दुइमत नहोला ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/18 सप्तरीबाट एसईईमा ९ हजार २ सय ७६ विद्यार्थी सहभागी हुँदै
- 2082/12/18 सडक स्तरोन्नती तथा सौन्दर्यीकणका लागि भौतिक संरचना भत्काउन सुरु
- 2082/12/18 चैते धानबालीको उत्पादनमा वृद्धि हुने
- 2082/12/18 आजदेखि एसईई परीक्षा, परीक्षा मर्यादित होस्
- 2082/12/17 काजमा रहेका पाँच चिकित्सक गजेन्द्र नारायण सिंह अस्पतालमा फिर्ता
- 2082/12/16 पत्रकार महासंघको स्थापना दिवसमा कान शिविर सम्पन्न
- 2082/12/16 काँग्रेसका पुराना नेता १ सय ९ वर्षिय टुनटुनको निधन
- 2082/12/16 लागुऔषध र मोटरसाइकलसहित चार युवक पक्राउ
- 2082/12/15 राजरंगशालाको प्रवेशद्वार र प्यारापिट अतिजिर्ण
- 2082/12/15 नेकपा एमाले सप्तरीद्वारा प्रधानमन्त्रीलाई ज्ञापन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ