News Category 2076/08/24
सप्तरीको विकास सुख्खा परेको खडेरी खेत जस्तै
अमरनाथ मण्डल
ऐतिहासिक, सामाजिक, शैक्षिक तथा धार्मिक इतिहास बोकेका सप्तरी जिल्ला विकासीय दृष्टिकोणमा टुहुरो बन्दै गईरहेको छ । राजनैतिक धरातल बोकेका र देशका महान इतिहास आन्दोलनहरुलाई जन्मदाताको रुपमा स्थापित सप्तरीले न त सामाजिक आर्थिक तथा शैक्षिक लगायत अन्य क्षेत्रहरुमा फड्को मार्न असफल भईरहेको जिम्मेवार को हो भने जिम्मेवारी कले लिने सन्दर्भको चर्चा परिचर्चा चलिरहेको अवस्थामा सप्तरीको धरातलबाट मधेश नायक गजेन्द्र नारायण सिंह गणतन्त्र नायक, राम राजा प्रसाद सिंह जस्ता हस्तीहरुो जन भएको जिल्लाहरुमा यति वर्ष देखि नै विकासीय दृष्टिकोणले पिछडिएको किन छ भने सन्दर्भ आफैमा स्पद रहेको छ ।
जय प्रकाश नारायण, राम मनोहर लोहिया, हनुमाननगर जेलबाट मुक्त गरी भारतीय स्वतन्त्रतामा पनि अहम योगदान खेलेका सप्तरी जिल्ला तथा नेपालका प्रजातान्त्रिक आन्दोलन, गणतन्त्री आन्दोलन, अधिकारको लडाई लड्ने मधेशको आन्दोलन तथा किसान आन्दोलनहरुमा अग्रिम भुमिका, निर्वाह गरेका सप्तरीबाट जुनसुकै सरकारमा पनि मन्त्रीको नेतृत्व गर्दैै आएतापनि देशको राजनैतिक धरातलबाट तथा आर्थिक धरातलबाट पिछडिएको कारकतत्व के हो भने खोजी गर्नुपर्ने अवस्थाको सृजना भएको छ । स्थानीय निकाय प्रदेश सभा संघीय संसदहरुमा प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरुलाई सप्तरीको माया कति के छ भने सन्दर्भ हेर्दा सप्तरीको विकासका पछाडी पानाहरु पल्टेर हेर्ने चासो जागिरहेको अवस्था छ । राजनैतिक क्षेत्रमा आफ्नो पहिचान बनाएको नै सप्तरी धार्मिक क्षेत्र माँ राजदेवी, माँ भगवती, माँ कंकालिनी, माँ छिन्नमस्ता तथा पर्यटकीय क्षेत्रमा सप्तरीको कोशी टप्पु, सप्तरीको कोशी ब्यारेज, सप्तरीको चुरे वन, सप्तरीको दिनाभद्री स्थल तथा माँ छिन्नमस्ता भगवतीको ख्याती प्राप्त धार्मिक पर्यटक क्षेत्र आफ्नो क्षेत्रमा स्थापित भएको नै छ ।
विकासीय दृष्टिकोणमा सप्तरीमा एयरपोर्ट, औद्योगिक क्षेत्र तथा हुलाकी सडक जस्ता विकासका अधुरो पुर्वधारहरु रहेतापनि नत धार्मिक क्षेत्रमा कुनै विकास गएको छ न त सप्तरीको एयरपोर्ट औद्योगिक क्षेत्र अञचल अस्पताल हुलाकी सडक र सप्तरीको सदरमुकाम राजविराजका न त विकासीय मुहारहरु फेरिएका छन् । हरेक क्षेत्रमा पछाडी परेका सप्तरीका बेरोजगार युवाहरु दिनहुँ विदेश पलायन भईरहेका छन् । सप्तरीका ग्रामिण क्षेत्रका सडकहरुको अवस्था दिन प्रतिदिन दैनिय रहेको छ । खानेपानी, स्वास्थ्य क्षेत्र तथा पर्यटकीय क्षेत्रहरुमा अति नै कमजोर अवस्था देखिन्छ । औद्योगिक क्षेत्रमा नेपाल अधिराज्य भरिको सबभन्दा बढी पिछडिएको जिल्ला सप्तरी नै रहेको छ । शैक्षिक क्षेत्रमा सप्तरीको पहिले भन्दा अहिलेको अवस्थामा केही सुधार भइरहेको छैन । समुदाय विद्यालयहरुमा अवस्था केही नै रहेको छ । निजी विद्यालयहरुको चर्को शुल्कको कारण सर्वसाधारण निमुखाहरु शिक्षा क्षेत्रबाट बञ्चित भईरहेको छ । निर्वाचित स्थानीय निकायहरु आफ्नो कमाई धन्दामा मात्र लागि परेको अनुभव भईरहेको छ ।
यस पालीको आर्थिक मसान्तका बजेटहरुको दुरुपयोग कि सदुपयोग के भयो भने अनुगमन निकायहरु निष्कृय रहेको छ । जनताको पैसा जनतामा खर्च हुने नैतिक सिद्धान्त रहेको खिल्ली उडाईरहेको छ । स्थानीय निकायका मेयर, अध्यक्ष तथा जनप्रतिनिधिहरु आफ्ना भाई भरेदारहरु तथा शाखा सम्बन्धीहरुलाई जागिर, कोटेशन ठिक्का, उपभोक्ता समितिमा राखी जनताको पैसालाई ब्रह्मलुट मलाएका छन् । प्रदेश सरकारका मन्त्रीहरु गाडीमा झण्डा लगाई कमिशन खानमा व्यस्त देखिन्छ । संघीय संसद तथा मन्त्रीहरु आफुले पाएको अनुदान रकम आफ्ना भाई भरेदार शाखा सम्बन्धी तथा राजनैतिक कार्यकर्ताहरुलाई बाँडफाँड गरी आफू कमाएका धन्दा बनाएका छन् ।
यी यावत समस्याहरुले गर्दा सप्तरीमा भ्रष्टाचारहरुको प्रवृति बढिरहेका छन् भने केही दिन पछि नेपालमा सबभन्दा बढी भ्रष्टाचार हुने जिल्ला सप्तरी नै पर्ने बेर छैन । राज्यबाट मधेशलाई सधै शोसित र उपेक्षित गरेको आफ्नै ठाउँमा छँदै छ शासक वर्गहरुबाट सधैं मधेशी आदीबासी, जनजाति माथि शोसन नै गरिरहेको छ । नैसिक अधिकरबाट मधेशी जनताहरु बञ्चित रहेको नै छ । मधेशी जनतालाई विदेशी बनाउने षड्यन्त्र नै भईरहेको छ । संविधान संशोधन नागरिक विधेयक लगायत यावत मुद्दाहरु माथि विभेदीकरणको नितीले यावत शोसन नै गरिरहेको छ । यस्तो अवस्थामा मधेशका स्थानीय जनप्रतिनिधिहरु प्रदेश संसदहरु इमान्दारीतापुर्वक आफ्नो जिम्मेवारीलाई निर्वाह गरी भ्रष्टाचारलाई अन्त्य गरी सप्तरी जस्तो इतिहास बोकेका जिल्लामा विकासीय मुहानहरुलाई अगाडी बढाई जनताको अपेक्षा र आशालाई कायम गर्नुपर्ने अवस्था देखिन्छ । न त कसैको अस्तीत्व बाँकी रहन नसक्ने बेर लाग्ने अवस्थाको सिर्जना हुन्छ । यो पंक्तिकारको भावना कसैलाई मर्माहित गर्ने नरहेको वास्तविकतालाई औल्याएको जनताको आवाजलाई कलमको मार्फत जनता समक्ष राखेको मात्र हो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2081/09/18 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रद्वारा नवनिर्वाचितलाई सम्मान
- 2081/09/17 पत्रकारहरुको पेशागत सुरक्षाका लागी प्रदेश सरकार लागिपरेको छ ः मुख्यमन्त्री सिंह
- 2081/09/16 एनपिएल बिजेता टोलीलाई नगदसहित सम्मान
- 2081/09/15 संविधान लागु गर्ने दलहरु नै कार्यान्वयनमा उदासिन ः मन्त्री लेखी
- 2081/09/15 सशस्त्र प्रहरीद्वारा चिसोबाट जोगिन विपन्न वस्ती मै पुगेर कम्बल वितरण
- 2081/09/15 पहिलो एनपिएल विजेता टोली जनकपुर बोल्टसको सप्तरीमा भव्य स्वागत
- 2081/09/14 छिन्नमस्ता मधेश प्रदेशको तेश्रो बालविवाह मुक्त पालिका
- 2081/09/14 मुख्यमन्त्री सिंहसँग बिहारका मन्त्री निरजको भेट
- 2081/09/14 न्याय प्रशासनसँग सम्बन्धित ऐन र कार्यान्वयनमा देखिएका समस्याहरू बारे अन्तरक्रिया
- 2081/09/13 राजविराजमा रथ यात्रामा जनसागर
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ