News Category 2076/08/26
नागरिकता विधेयकको विरोधमा असममा प्रदर्शन
गुवाहाटी, भारत, २६ मङ्सिर (रासस÷एएफपी) ।
भारतको केन्द्रीय सरकारले संसद्मा प्रस्तुत गरेको विवादास्पद नागरिकता संशोधन विधेयकको विरोधमा असममा जारी प्रदर्शनमा प्रहरीले बिहीबार गोली चलाएको छ । असममा लगाइएको निषेधाज्ञालाई बेवास्ता गर्दै हजारौँ मानिस प्रदर्शनमा उत्रिएका छन् ।
अधिकारीले हालैका प्रदर्शनमा २० जना घाइते भएको बताएका छन् । प्रदर्शनकारीले सवारी साधनमा आगो लगाएका र स्थिति नियन्त्रणमा लिन प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्याँस प्रहार गरेको छ । परिस्थिति निकै नाजूक भएको भन्दै असममा हजारौं सुरक्षाकर्मी परिचालन गरिएको छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीले एकपछि अर्को ट्वीट गर्दै आमजनतालाई शान्त रहन अपिल गरिरहनु भएको छ, तर राज्यका अधिकांश भागमा इन्टरनेट सेवा नै अवरुद्ध छ ।
भारतको माथिल्लो सदनले बुधबार पारित गरेको नागरिकता संशोधन विधेयकले तीन छिमेकी मुलुकका धार्मिक अल्पसङ्ख्यक नागरिक खासगरी हिन्दु धर्मावलम्बीका नागरिकतासम्बन्धी आवेदनलाई छिटो निरुपण गर्न अनुमति दिएको छ, तर यसमा मुस्लिम अल्पसङ्ख्यकलाई त्यस्तो मौका दिइएको छैन ।
इस्लामी समूह, विपक्षी, अधिकार समूह र अन्यले यो प्रधामन्त्री मोदीको हिन्दू–राष्ट्रवादी एजेन्डाको एक हिस्सा भएको भन्दै विरोध गरिरहेका छन् । उनीहरुको भनाइमा भारतका दुई करोड मुसलमानलाई सीमान्तकृत गर्नेगरी नागरिकता विधेयक आएको हो ।
भारतको सुदूर उत्तर पूर्वका धेरैजसो मानिसलाई केन्द्र सरकारको पछिल्लो कदमले निकै त्रासमा राखेको छ किनभने नयाँ कानुनले बङ्गलादेशबाट आएका इस्लाम बाहेक हिन्दू आप्रवासीलाई मात्र नागरिकता दिने बाटो खोल्नेछ, र मुस्लिम समुदाय बिचल्लीमा पर्नेछन् ।
“म असमका मेरा भाइबहिनीलाई आश्वस्त पार्न चाहन्छु कि नागरिकता संशोधन विधेयक पारित भएपछि पनि उनीहरूले चिन्ता लिनुपर्दैन,” प्रधानमन्त्री मोदीले उत्तरपूर्वको सबैभन्दा ठूलो राज्य असमका जनतालाई सम्बोधन गर्नुभएको ट्वीटमा लेख्नुभएको छ ।
सरकारले रातिको समयमा निषेधाज्ञा (कफ्र्यु) लगाएको भए पनि धेरैजसो स्थानमा त्यसलाई उल्लङ्घन गरिएको छ । सरकारले मोबाइल इन्टरनेट सेवा पनि बन्द गरेको छ । त्रिपुरा र असम राज्यतर्फ जाने सबैजसो रेलसेवा स्थगित गर्नुका साथै केही हवाई उडान रद्द गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/02/19 सेना बिपद् प्रतिकार्यका लागि उच्च सतर्क र तयारी अवस्थामा बस्नु पर्छ ः मन्त्री लेखी
- 2082/02/19 लक्ष्मीको हत्या भएको परिवारको दाबी
- 2082/02/19 पूर्वाधार सहितको प्राविधीक र गुणस्तरीय शिक्षा आवश्यक ः मन्त्री सुडी
- 2082/02/19 पविमाबि खेल मैदानमा क्रिकेट खेलाडीका लागि पभेलियन भवन निर्माण हुँदै
- 2082/02/16 मापदण्ड विपरीत सञ्चालनमा रहेका विद्यालयको संख्या एक दर्जन भन्दा बढी
- 2082/02/16 चलचित्र तथा लोकसञ्चार प्रवद्र्धन बोर्डमा लेखी नियुक्त
- 2082/02/16 पैत्रिक सम्पतीबाट दुई कट्ठा जग्गा आश्रमका लागि दान दिएका छु ः मन्त्री लेखी
- 2082/02/16 चार पटकको शिलान्यासपछि राजविराज बसपार्कको उद्घाटन
- 2082/02/16 गणतन्त्रलाई संस्थागत गर्न तीनै तहका सरकार जिम्मेवार बन्नुपर्नेमा जोड
- 2082/02/16 मधेश प्रदेशमा एक दर्जन प्रेस स्वतन्त्रता सेनानी सम्मानित
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ