News Category 2076/10/22
घुस लिएको आरोपमा मुद्दा
काठमाडौँ, २१ माघ (रासस) ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक डिभिजन कार्यालय लहान, सिराहाका इञ्जिनीयर नवीनकुमार साह र सवइञ्जिनीयर वीरेन्द्रकुमार साहविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगका अनुसार उनीहरुले सेवाग्राहीसँग रुपनी–राजविराज–कुनौली सडक आयोजना निर्माणको अन्तिम बिल भुक्तानी दिने क्रममा विभिन्न बाहाना बनाइ रु १५ लाख ९६ हजार घुस लिएका थिए । आयोगको बर्दिवासबाट गएको टोलीले उनीहरुलाई घुस लिँदै गरेको अवस्थामा पक्राउ गरेको थियो । आयोगले घुस वापत लिएको रकम बराबरको बिगो असुल गरी कैद सजायको माग गरी विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।
यस्तै सडक डिभिजन कार्यालय लहान, सिरहाका निमित्त डिभिजन प्रमुख विन्दा साह भन्ने विनोद साह विरुद्धसमेत मंगलबारै विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगको टोलीले साहलाई रु तीन लाख घुससहित केही दिन पहिले पक्राउ गरेको थियो । सेवाग्राहीले गरेको सडक निर्माण कार्य सम्पन्न भई अन्तिम बिल भुक्तानीका क्रममा साहले घुस माग गरेको आयोगले जनाएको छ ।
यस्तै आयोगले जनकपुर भन्सार कार्यालय धनुषामा कार्यरत नायब सुब्बा अहमद रजा अन्सारीले नेपाल भारत सीमा क्षेत्रबाट सामान ल्याउन सहज गरिदिने भन्दै रु एक लाख ५० हजार घुस माग गरेको अभियोगमा पक्राउ गरेको आयोगले जनाएको छ । आयोगले नायब सुब्बा अन्सारीले सेवाग्राहीसँग रु एक लाख ५० हजार घुस माग गरेको आरोप लगाएको छ ।
आयोगले अन्सारीलाई सोमबार पक्राउ गरेको भए पनि थप अनुसन्धानपछि आज मात्रै सार्वजनिक गरेको हो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/06 सप्तरीको चारै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण ढंगले उम्मेदवारी दर्ता
- 2082/10/06 डाक्नेश्वरीको सबै स्वास्थ्य चौकीमा सात दिन भित्रै औषधी उपलब्ध गराइने
- 2082/10/06 वृद्धको रहस्यमय मृत्यु
- 2082/10/06 जीर्ण सडक निर्माणका लागि दुई दिनदेखि सडकमै खाट र ढाट
- 2082/10/06 चित्रगुप्त सेवा समितिद्वारा मधेशका दुई मन्त्री सम्मानित
- 2082/10/05 मनोनयन प्रक्रियादेखी मतगणना प्रक्रियासम्म सबै सुरक्षा व्यवस्थापनको तयारी
- 2082/10/05 सप्तरी २ बाट उम्मेदवारी दिन्छु ः पूर्वमुख्यमन्त्री सिंह
- 2082/10/05 राजविराज बसपार्क यथासिघ्र संचालनमा ल्याउने मन्त्री सुमनको प्रतिबद्धता
- 2082/10/05 मेयरकप फुटबल प्रतियोगितामा शम्भुनाथ विजयी
- 2082/10/05 प्रधानमन्त्री कप जिल्ला छनोट क्रिकेटमा शम्भुनाथ बिजयी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ