News Category 2076/11/06
रोकिएन् ध्वनी प्रदूषण
अहिले राजविराजमा ध्वनी प्रदुषण निकै बढेको छ । धार्मिक कार्यक्रम, बैवाहिक कार्यक्रम वा कुनै उत्सव होस् वा प्रवचनको नाममा ध्वनी प्रदुषण बढेको छ । विभिन्न वहानमा अहिले रातीको समयमा ठूला ठूला आवाजमा लाउडस्पिकर र साउण्डबक्स घन्काएर अरु व्यक्तिलाई समेत जाग्रम बस्न बाध्य बनाएको छ । झण्डै एक दशक भइसक्यो जिल्ला प्रशासन कार्यालयसहित बिभिन्न सरकारी निकायको नाममा अदालतले ध्वनी प्रदुषण रोक्न निर्देशनरुपी फैसला सुनाए पनि त्यसको कार्यान्वयन हालसम्म हुन सकेको छैन् ।
अदालतको फैसला कार्यान्वयन गर्न प्रहरी, प्रशासन सहितका निकायहरु अगाडी नबढ्दा नगरका मुख्य बजारहरुमा अहिले पनि चर्काे स्वरमा लाउडस्पिकर बजाउने कार्य जारी नै रहेको छ । विगतमा प्रहरीले डिजे साउण्डमा रोक लगाएपनि हाल मुख्य चौकहरुमा ठूलो आवाजमा साउण्ड घन्काउने काममा रोक लाग्न सकेको छैन् । चाहे राजनीतिको नाममा होस् या धार्मिक, नीति अथवा अन्य कुनै नाममा किन नहोस् ध्वनी प्रदूषण गरिने क्रम जारी नै छ ।
ध्वनी प्रदूषणले व्यक्तिको मानसिक तनाब बढाउनुका साथै रातीको निन्द्रा बिगार्ने काम गर्दछ । तसर्थ यस्ता कार्यलाई राक्न सम्बन्धित निकायले यसतर्फ ध्यान दिनु अति आवश्यक भएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/01 मकर संक्रान्तिमा श्रीराम खिचडी प्रसाद र न्यानो कपडा वितरण
- 2082/10/01 योग दिवस मनाइयो
- 2082/10/01 मार्बल बोकेको ट्रक पल्टिँदा पाँच जनाको मृत्यु, तीन घाइते
- 2082/10/01 निर्वाचन प्रहरीका लागि ६ दिनमा ५ हजार ८ सय ३३ जनाको आवेदन
- 2082/09/30 निर्वाचनका लागि देशमा माहौल बनिसकेको छ ः गृहमन्त्री अर्याल
- 2082/09/30 डा. सन्तोष नेपाली जनता पार्टीमा प्रवेश
- 2082/09/30 सुरुङ्गाबाट लागुऔषध सहित दुई पक्राउ
- 2082/09/30 डाक्नेश्वरीका स्वास्थ्यकर्मीहरुले अल्टिमेटमसहित बुझाए ज्ञापनपत्र
- 2082/09/30 मैत्रीपूर्ण महिला क्रिकेटको उपाधि काठमाडौंको पोल्टामा
- 2082/09/25 दैनिक दुई उडान प्रचार मै सीमित
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ