News Category 2070/03/11
अभिभावकहरु नै विद्यालयमा ताला लगाएपछि विद्यार्थीहरु शिक्षा कार्यालयमा
दैनिक संवाददाता
राजविराज, १० असार ।
सप्तरी जिल्लाको अध्ययन, अध्यापन चौपट बन्दै जाँदा विद्यार्थीहरु चिन्तित भएका छन् । अभिभावक, शिक्षकसहित सरोकारबालाहरु तहसनहस बन्दै गएको शिक्षाप्रति कुनै किसिमको चासो नदेखाएर आफ्नै तालमा मस्त हुन थालेपछि विद्यार्थीहरु जाग्न थालेका छन् ।
सप्तरीको नर्घाे गाविसका विद्यार्थीहरु अभिभावक, शिक्षकहरुको व्यबहारबाट रुष्ट बन्दै पढाईबारे सोमबार जिल्ला शिक्षा कार्यालयमा जानकारी गराएका छन् । विद्यार्थीहरुले ठोस ढँगले अबिलम्ब अध्ययन, अध्यापन गरिनुपर्ने र भइरहेको राजनीतिक बन्द गरिनुपर्ने माग गरेका छन् ।
नर्घाे ७ स्थित जनता शंकर उच्च माविको कक्षा १० मा अध्ययन गर्ने करिब एक दर्जन विद्यार्थीहरु चर्काे घामको वास्ता नगरी शिक्षा कार्यालय आए र भने, ‘‘शिक्षकहरु कहिल्यै पनि पढाउँदैनन् । अभिभावकहरु आफ्नो स्वार्थ पूर्तीका लागि विद्यालयमा एक साताअघि ताला लगाइदिएका छन् । प्रधानाध्यापक त कहिल्यै पनि आउँदैनन् ।’’
विद्यार्थीहरुबीच भएको सामान्य विवादलाई लिएर अभिभावकहरुले विद्यालयमा गत मंगलबार ताला लगाएका छन् । विद्यार्थी रामकुमार साहले भने, ‘‘अभिभावकहरुले नै यस्तो गरेपछि हामी के पढ्छौं ?’’
जिल्ला शिक्षा कार्यालयमा शिक्षा अधिकारी अनुपस्थित थिए । विद्यार्थीहरुले विद्यालय निरीक्षक सुृरेश सिंहलाई समस्याबारे अवगत गराए । समस्या बताउने क्रममा अर्का विद्यार्थी सुन्द्रकुमार मण्डलले भने, ‘‘भएका शिक्षकहरु कहिल्यै पढाउँदैनन् । सात घण्टीसम्म पढाई भएको उदाहरणै छैन् ।’’
विद्यार्थीहरुले नयाँ शैक्षिक सत्र शुरु भएको तीन महिना बित्न लाग्दा पनि पाठ्यपुस्तक उपलब्ध नगराएको समस्या समेत बताए । प्रधानाध्यापक मिश्रीलाल साहले पाठ्यपुस्तकका लागि शिक्षा कार्यालयले रकम नदिएको भन्दै आइरहेको विद्यार्थीहरुको भनाई छ ।
विद्यार्थीहरुको समस्या सुन्दै विद्यालय निरीक्षक सिंहले यसबारेमा अबिलम्ब अनुगमन गरी समस्याहरुको समाधान गर्ने प्रतिबद्धता दिएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
- 2083/01/10 १२ दिनदेखी एक यूवक वेपत्ता २० दिनपछि वेपत्ता अर्का यूवक फेला
- 2083/01/10 सरकारी विज्ञापन नीति बिरुद्ध आपत्ति जनाउँदै पत्रकारद्वारा प्रधानमन्त्रीलाई ज्ञापन
- 2083/01/09 भन्सार नीति बिरुद्ध धर्ना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ